back
NMB ad

भारतीय राजदूत रेले नेपालमा गुप्तचरको काम गर्दैछन् : बिजुक्छें

Kumari bank ad

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायण बिजुक्छेंले तत्काल सरकार परिवर्तन सम्भव नभएको बताएका छन् । साथै उनले, भारतीय राजदुत रञ्जीत रेले नेपालमा राजदुतको भन्दा पनि गुप्तचरको काम गरेको आरोप लगाउँदै उनलाई नेपाल सरकारले तत्काल भारत फिर्ता गर्नु पर्ने पनि बताए ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रम उहाँले वर्तमान प्रधानमन्त्रीसँग गोली भरिएको बन्दुक भएको र यहि सरकार राष्ट्रिय सहमतिको सरकार नबने संसद बिघटन गरि निर्वाचनमा जान सक्ने बताएका छन् ।

वर्तमान सरकारले स्थानिय निकायको निर्वाचनसम्म आफ्नो उपस्थिति जनाउने भन्दै उहाँले वर्तमान सरकार न्यूनतमा एक वर्षसम्म रहन सक्ने बताए । साथै नेपालमा रहेका ठूला राजनीतिक दलहरुमा १० प्रतिशत र २२ हजार कर्मचारी भारतको एजेण्डा भएको भन्दै
बिजुक्छेंले भारतले नेपालमा आफ्नो पहुँचकै आधारमा परिवर्तनको खेल खेल्ने गरेको बताएका थिए ।

सो क्रममा उनले भारतले संबिधान प्रति देखाएको समर्थन सरकार परिवर्तन गरि आफ्नो पहुँच बढाउन लागेका भन्दै भारतसँग मिलिरहेका बिदेशीहरुले समेत नेपालमा सरकार परिवर्तनको खेल सुरु गरेको पनि जनाए ।

नेपालका निजि मेडिकल कलेजमा नक्कली डाक्टर उत्पादन गर्न लागि परेकाहरुको पहिचान गरि कारवाही गर्न सरकारले तत्परता देखाउनु पर्नेमा उनीहरुकै संरक्षणमा बिगत देखि हालसम्मका सरकारका केही पदाधिकारी लागेकाले नेपाली जनस्वास्थ्यमा खेलवाड भइरहेको उहाँको टिप्पणी छ ।

उनले नेपालमा आर्थिक चलखेल गरि निजि क्षेत्रका मेडिकल कलेजमा भारतका पुँजीपतिका छोरा छोरीका लागि डाक्टर उत्पादन गर्ने काम जसरी भइरहेको छ यसले नेपालका लागि काम नलाग्ने डाक्टर उत्पादन भइरहेको बताउनु भयो ।  पैसाको चलखेलकै कारण नक्कली डाक्टर उत्पादन भएको र यसमा सरकारमा सामेल तथा अन्य ठूला राजनीतिक दलका ब्यक्तिहरुको समेत संलग्नता रहेकाले बेलैमा पहिचान गरि कारवाही गर्न नसके नेपालकै लागि घातक सावित हुने उनको भनाई छ ।

पुनर्निर्माणको काममा लाग्ने रकम बिदेशीहरुको सहयोगमा निर्भर रहेको र निमार्णमा लाग्ने साधन भारतबाटै आयात गर्नु पर्ने देखिएको र सरकार परिवर्तन गरि अरवौं बजेट आफ्नै देशमा भित्र्याउन युरोपियन युनियनको समेत साथ पाएको भारतले सकारात्मकका रुप देखाएको बताए ।

सरकारले भुकम्प पिडितलाई पुनर्निर्माणका लागि उपलब्ध गराउने भनेको एक लाख पचास हजार रकम जग समेत हाल्न नपुग्ने भन्दै उनले अभावमा परेका नेपालीले खानामै खर्च गर्ने जनाए । चीनमा प्रधानमन्त्री भ्रमणपछि भारत ससंकित भएको र आफ्नो एकाधिकार पुँजीको बर्चस्व तोडिन लागेको संकेत पाएकाले समेत नेपाली राजनीतिमा आफ्नो सक्रियता बढाउन पछिल्लो समय भारत परिवर्तन भएको उनको भनाइ छ ।

२० असार २०७३, १।३०

२० असार २०७३, १।००

वि.सं.२०७३ असार २० सोमवार १५:२४ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...