back

जुत्ता चप्पलको समर सेल मेला सुरु

काठमाडौ । नेपाली जुत्ता घरमा जुत्ता तथा चप्पलको समर सेल मेला सोमबारदेखि शुरु भएको छ । नेपाली जुत्ताघरको आयोजनामा वर्षा याममा पनि ग्राहकवर्गको चाहना र मागलाई ध्यानमा राखी गर्त वर्ष जुत्ता चप्पलहरुको समर सेल मेलालाई यस वर्ष पनि निरन्तरता दिएको आयोजकले जनाएको छ ।

यस अघि आयोजकले ५ वटा बिगसेल मेला सफलता पूर्वक सम्पन्न गरेको थियो । नेपाली जुत्ता घरको जमल, महाराजगञ्ज, कुमारीपाटी, नमस्ते सुपरमार्केट, बुद्ध मल बालाजु स्थित आफ्नै बिक्री कक्षमा स्टक रहुन्जेल सम्मका लागी मेला लाग्नेछ । समरसेल मेला २०७३ को प्रमुख उद्धेश्य भनेको नेपाली जुत्ता उद्योगहरुबाट उत्पादीत गुणस्तरिय जुत्ता चप्पलहरु निश्चित समयको लागी ७० प्रतिशत सम्मको बिशेष छुट र बिशेष सहुलियत सहित आश्चर्यजनक प्रतिस्पर्धि मुल्यमा बिक्रि बितरण गरि नेपाली जुत्ता चप्पलहरुको प्रत्यक्ष प्रयोगकर्ता बढाई आगामी दिनमा तयारी जुत्ता चप्पलहरुको आयात लाई न्युनिकरण गर्न सहयोग पुर्याउनु रहेको आयोजकको भनाई छ । साथै सेल मेला भन्ने बित्तिकै कम्पनीको स्टकमा रहेका पुराना तथा बिग्रीएका जुत्ताहरु बिक्रि गर्ने आम जनमानसको बुझाई या गलत भ्रम चिर्नका लागी कम्पनीका गुणस्तरीय एवं आकर्षक जुत्ताहरुलाई विशेष छुटका साथ यो मेलामा बिक्रि गर्न लागिएको आयोजकले जनाएको छ ।

समर सेल मेलामा नेपालका चर्चित ब्राण्डहरुः शिखर सुज, बिएफ डियरहिल सुज, स्काइ सुज, क्रस रोड, कोसेली छाला जुत्ता उद्योग, सफ्टटच सुज, लेदर विड्डस, टाकुरा सुज, इजी शुज र शुल्याण्ड गरि १० वटा ब्राण्डका जुत्ता चप्पलहरु बिक्रि वितरण गरिने बताईएको छ । उल्लेखित ब्राण्डका आकर्षक एवं गुणस्तरिय अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डलहरु मेलामा उपलब्ध हुनेछन । समर सेल मेलामा डेढ लाखले अवलोकन गर्ने र ५० हजार जोर जुत्ता चप्पलहरु बिक्रि गर्ने कम्पनीको लक्ष्य रहेको छ ।

राजधानीको जमल स्थीत बिक्रि कक्षमा आज आयोजित कार्यक्रममा जुत्ता घरले गत वर्षको दशै तिहारलाई लक्षित गरि लागु गरेको स्क्रयाचमा मनी, बम्परमा बाईक धनि उपहार योजनाको बम्पर लक्की ड्र को घोषणा समेत गरेको छ । लक्की ड्र मार्फत प्रथम हुने कुपन नं. ८५४९ का एक जनालाई बाईक, द्धितिय हुने कुपन नं. ८६०६ का एकजनालाई ल्यापटप, तृतिय हुने कुपन नं. ४२२५ का एक जनालाई २१ इञ्चको एलईडि टिभि, चौथो हुने कुपन नं. ४१७४ का एक जनालाई २१ इञ्चको एलइडी मनिटर र सान्त्वना पुरस्कार स्वरुप कुपन नंं ६८५३, ५५९७, ५०१३, ११२८१, २४५६, १०३७७, ४१३६, ३२५८, १०२७०, ७६९७ का १० जनालाई राईस कुकर प्रदान गर्ने घोषणा गरिएको छ । विजेताहरुले आफुसंग भएको अर्धकट्टी सहित नेपाली जुत्ता घरमा १० दिन भित्र सम्पर्क गरिसक्नुपर्ने छ ।

नेपाली जुत्ता घरको जमल स्थीत बिक्रि कक्षमा आयोजित घोषणा कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाली जुत्ता घरका अध्यक्ष रामकृष्ण प्रसाई, हस्तकला महासंघका उपाध्यक्ष होमनाथ उपाध्याय, नेपाली जुत्ता घरका संस्थापक अध्यक्ष सुरेन्द्र दाहाल, फुटवयर म्यानुफ्याक्चरर्स एशोसिएसनका बरिष्ठ उपाध्यक्ष कृष्ण कुमार फुँयाल, महासचिव मनोज श्रेष्ठ, सदस्य ज्ञानेन्द्र दाहाल लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मितिः २०७३ असार २०

वि.सं.२०७३ असार २० सोमवार १९:१० मा प्रकाशित

You can share this post!

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशंका

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशंका

वि.सं.२०७९ चैत १५ बुधवार १७:२१

काठमाडौं । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेट प्रशासनसँग जोडिएका अधिकांश...

सिराहामा एसईईको तयारी पूरा, १० हजार बढी विद्यार्थी सहभागी हुँदै

सिराहामा एसईईको तयारी पूरा, १० हजार बढी विद्यार्थी सहभागी हुँदै

वि.सं.२०७९ चैत १५ बुधवार १७:०४

मुकेश कुमार यादव / सिरहा । सिराहामा विद्यालय शिक्षाको फलामे...

गाेलबजारका मेयर श्रेष्ठ माथी मोबिल छ्याप्नेलाइ कडा कारबाही गर्न माग

गाेलबजारका मेयर श्रेष्ठ माथी मोबिल छ्याप्नेलाइ कडा कारबाही गर्न माग

वि.सं.२०७९ चैत १५ बुधवार १६:२४

मुकेश कुमार यादब, सिरहा। गोलबजार नगरपालिकाले मेयर श्यामकुमार श्रेष्ठमाथि मोविल...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सिईओमा चंकी क्षेत्री नियुक्त

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सिईओमा चंकी क्षेत्री नियुक्त

वि.सं.२०७९ चैत १५ बुधवार १६:०१

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सिईओमा चङकी क्षेत्री नियुक्त...

प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने

प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने

वि.सं.२०७९ चैत १५ बुधवार १५:५१

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा  (एकीकृत समाजवादी) ले प्रकाश...

भारतीय तरकारीले धानेको नेपाली भान्सा : उत्पादन कम आयात बढी

भारतीय तरकारीले धानेको नेपाली भान्सा : उत्पादन कम आयात बढी

वि.सं.२०७९ चैत १५ बुधवार १४:१३

काठमाडौं । कुनै समय थियो हामीलाई आफ्नै खेतबारीमा उत्पादित तरकारीले...