back
mega bank Ad
Hero Ad

माओवादी नेतृत्वलाई सरकार छाड्न दबाब

काठमाडौं । अधिकांश हेडक्वार्टर सदस्यले वर्तमान सरकार छाड्ने मनस्थिति बनाएका बेला मंगलबारबाट सुरु भएको माओवादी केन्द्रको पोलिटब्युरो बैठकमा सहभागीले सरकारबाट बाहिरिन थप जोड दिएका छन् ।

१० वटा कम्युनिस्ट घटक मिलेर बनेको केन्द्रका दुई सय ५५ पोलिटब्युरो सदस्यमध्ये अधिकांश एमाले नेतृत्वको सरकारबाट बाहिरिने पक्षमा रहेको हेडक्वार्टर सदस्य मणि थापाले जानकारी दिए ।

बैठक सुरु भएको पहिलो दिन सात वटा प्रदेश र प्रवास समितिका इन्चार्ज र ती समिति अन्तर्गतका सदस्यले आआफ्ना प्रदेशका रिपोर्टिङ गरेका थिए । रिपोर्टिङका क्रममा कतिपय नेताहरुले सत्ता साझेदार रहँदा पनि माओवादी कार्यकर्तालाई राज्यका निकायबाट फरक व्यवहार भइरहेको, एमालेले हेपाहापूर्ण व्यवहार गरेको गुनासो गरेका थिए ।

बैठकमा सहभागी एक नेताका अनुसार प्रदेश नम्बर २ का विश्वनाथ साह र रामचन्द्र मण्डलले गृहमन्त्री शक्तिबहादुर बस्नेतको नामै किटान गरी प्रहरी प्रशासनले माओवादी कार्यकर्तालाई धरपकड गर्दा कुनै पनि सहयोग गर्न नसकेको भन्दै विरोध गरेका थिए ।
‘आफ्नो कार्यकर्ताको सुरक्षा गर्न नसक्ने सरकारमा बसिरहनु कुनै जरुरी छैन । सरकारबाट जतिसक्दो चाँडो बाहिरिनुपर्छ,’ साहले भने । नागरिक दैनिकमा खबर छ ।

प्रकाशितः २०७३ असार २२

वि.सं.२०७३ असार २२ बुधवार १०:५४ मा प्रकाशित

You can share this post!

चोलेन्द्रलाई निवासबाट सर्वोच्च जान नरोक्ने सरकारको संकेत

चोलेन्द्रलाई निवासबाट सर्वोच्च जान नरोक्ने सरकारको संकेत

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:३२

काठमाडौं । सरकारले प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जबरालाई सरकारी निवासबाट सर्वोच्च...

प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका ७७ महिलामध्ये सबै पराजित

प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका ७७ महिलामध्ये सबै पराजित

वि.सं.२०७९ मंसिर २१ बुधवार १३:४१

काठमाडौं । आमनिर्वाचन २०७९ मा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा स्वतन्त्र रूपमा उम्मेदवारी...

चोलेन्द्र सर्वोच्च फर्कने तयारीपछि नेपाल बारको आकस्मिक बैठक

चोलेन्द्र सर्वोच्च फर्कने तयारीपछि नेपाल बारको आकस्मिक बैठक

वि.सं.२०७९ मंसिर २१ बुधवार १३:३८

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सर्वोच्च अदालत फर्किन लागेपछि...

अस्थायीबाट अस्थायी संरचनामै राजधानी लगिएपछि गठबन्धनभित्र असन्तुष्टि

अस्थायीबाट अस्थायी संरचनामै राजधानी लगिएपछि गठबन्धनभित्र असन्तुष्टि

वि.सं.२०७९ मंसिर २१ बुधवार १३:१६

बुटवल । लुम्बिनी प्रदेशको अस्थायी मुकाम रहेको बुटवलबाट स्थायी राजधानी...

महाअभियोग टुंगो नलाग्दै अवकाश पाएर घर जाँदै चोलेन्द्रशमशेर जबरा

महाअभियोग टुंगो नलाग्दै अवकाश पाएर घर जाँदै चोलेन्द्रशमशेर जबरा

वि.सं.२०७९ मंसिर २१ बुधवार १३:१०

काठमाडौं । आफूविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको छिनोफानो नहुँदै निलम्बित...

चिलिमे जलविद्युतद्वारा लाभांश घोषणा, नगद र बोनस बराबर

चिलिमे जलविद्युतद्वारा लाभांश घोषणा, नगद र बोनस बराबर

वि.सं.२०७९ मंसिर २१ बुधवार १०:३६

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ।...