back
NMB ad

‘भाग्यले बाँचेका’लाई मुम्बईमा ‘गोल्डेन क्यामरा अवार्ड’

Kumari bank ad

काठमाडौं । विनाशकारी भूकम्पमा पर्दा समेत मृत्युलाई जित्न सफल केही नेपालीहरुको कथालाई समेटेर पत्रकार गणेश पाण्डेले बनाएको ‘भाग्यले बाँचेकाहरु नेपाली डकुमेन्ट्रीले मुम्बईमा ‘गोल्डेन क्यामरा अवार्ड’ सम्मान पाएका छन्। भारतको मुम्बईमा शनिबार आयोजित विशेष समारोहमा पाण्डेलाई नासिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)का तर्फबाट गोल्डेन क्यामरा अवार्ड प्रदान गरिएको हो। गत फागुनमा नासिक सहरमा सम्पन्न निफमा ‘भाग्यले बाँचेकाहरु’ले ‘उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड’ जितेको थियो।

पाण्डेले भारतमा पाएको सम्मानबाट आफू गौरवान्वित भएको बताए। साथै, निर्देशक पाण्डेले ‘सिंघमुसहित सयौं बलिउड फिल्ममा अभिनय गरेका गोविन्द नामदेव लगायतलाई अवार्डसमेत प्रदान गरेका थिए।

निफका कार्यकारी निर्देशक मुकेश कनेरीले आगामी दिनमा नेपाली फिल्मलाई प्राथमिकता दिने बताए। समारोहमा भारतसहित बेलायत, इरानका फिल्मकर्मीलाई पनि सम्मान गरिएको थियो।

महाभूकम्पमा परी चमत्कारिक रुपमा ज्यान बचाउन सफल नेपालीको कथामा बनेको ‘भाग्यले बाँचेकाहरु’ले बितेको सात महिनामा ६ वटा अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ। साथै, ३२ भन्दा बढी देशमा प्रदर्शनका लागि छनौट भएको छ। ‘आगामी महिना स्वीजरल्याण्ड र इट्लीमा हुने फिल्म महोत्सवमा भाग्यले बाँचेकाहरु प्रदर्शन हुँदैछ, निर्देशक पाण्डेले भने।
५५ मिनेट लामो डकुमेन्ट्रीमा धराहरा ढल्दै गरेको प्रत्यक्ष भिडियोदेखि बैशाख १२ गतेको महाभूकम्पमा परेर बाँच्न सफल केही प्रतिनिधिमुलक पात्रका कथालाई समेटिएको छ । पत्रकार पाण्डेले निर्देशन गरेको डकुमेन्ट्रीको निर्माण शारदा गैरे, छायाँकन विनोद विष्ट, सम्पादन कुमार शाह, लेखन दीपक कोइराला र अंग्रेजी अनुवाद विकास बस्नेतले गरेका छन् । साइन मिडिया प्रालिद्वारा निर्मित डकुमेन्ट्रीमा जुगल डंगोलले संगीत भरेका छन् भने सम्राट मुभिजले पोष्ट प्रडक्सन गरेको छ ।

प्रकाशितः २०७३ असार २७

वि.सं.२०७३ असार २७ सोमवार १०:३६ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...