back
Kumari Bank

एउटा अंगुरको झुप्पाको मुल्य १२ लाख !

Nepal Bank

काठमाण्डौं । सुन्दै पत्याउन गाह्रो पर्ने कुरा छ । तर जापानमा हालै एक झुप्पो अंगुर झण्डै १२ लाख रुपैयाँ बराबरको मूल्यमा बिक्रि भएको छ । अघिल्लो वर्ष जापानमै दुइवटा खरबुजा झण्डै १३ लाख रुपैयाँमा बिकेका थिए ।

यसपटक भने एक झुप्पा अंगूर भारी मूल्यमा लिलामी भएको छ । आखिर जापानीहरु किन यति मामूली तथा सस्तो मूल्यका फलफूल कल्पनै गर्न नसकिने महंगो मूल्यमा किनिरहेका छन् त रु

पछिल्लोपटक १२ लाख रुपैयाँमा लिलाम भएको अंगुरको झुप्पोमा ३० गेडा अंगुर छन् । २० ग्रामको हरेक गेडामा १८ प्रतिशत चिनीको मात्रा छ । रुबी रोमन जातको उक्त अंगुर यो वर्षको पहिलो लिलामीमा सबैभन्दा धेरै मूल्यमा बिक्रि गरिएको हो ।

जापानको राजधानी टोकियो भन्दा ३ सय किलोमिटर उत्तरपश्चिममा पर्ने कनाजावा क्षेत्रमा अंगूरको लिलामी भएको हो । इसिकावा क्षेत्रमै फलेको यो अंगूरलाई निकै स्वादिलो जातको मानिन्छ ।

पश्चिमी जापानको एक सुपर मार्केटका मालिक टाकामारु कोनिसीले यो अंगुरको झुप्पो किनेका हुन् । आफुले उक्त झुप्पोलाई सुपर मार्केटमा राख्ने र ग्राहकहरुलाई नमूनाको रुपमा देखाउने उनी बताउँछन् ।

प्रकाशितः २०७३ असार २७

वि.सं.२०७३ असार २७ सोमवार १४:५८ मा प्रकाशित

You can share this post!

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै   

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै   

वि.सं.२०८२ असार २० शुक्रवार ११:१३

गलकोट (बागलुङ) : जैमिनी नगरपालिकाले रु एक अर्बको कोष बनाउने...

नेपाल इन्स्योरेन्सले साउन ६ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने

नेपाल इन्स्योरेन्सले साउन ६ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने

वि.सं.२०८२ असार २० शुक्रवार १०:४२

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन ६ गतेदेखि हकप्रद...

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर   

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर   

वि.सं.२०८२ असार २० शुक्रवार ०६:५७

राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ७ जुडाका ४० वर्षीय...

प्रधानमन्त्री ओली स्वदेश फर्कदै   

प्रधानमन्त्री ओली स्वदेश फर्कदै   

वि.सं.२०८२ असार २० शुक्रवार ०६:४७

काठमाडौँ  : विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन...

आजको लागि विदेशी मुद्राको विनिमयदर   

आजको लागि विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८२ असार २० शुक्रवार ०६:३८

काठमाडौँ  : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको मौसम : यी स्थानमा भारी वर्षा हुने पूर्वानुमान   

आजको मौसम : यी स्थानमा भारी वर्षा हुने पूर्वानुमान   

वि.सं.२०८२ असार २० शुक्रवार ०६:३३

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...