पोखरा । मोर्डन इरा टुर्स एन्ड ट्राभल्सले सञ्चालनमा ल्याएको पोखरा दिल्ली मैत्री बस सेवा हिजोदेखि औपचारिकरुपमा शुभारम्भ भएको छ । बस सेवाको गृहमन्त्री शक्तिबहादुर बस्नेत र नेपालका लागि भारतीय राजदूत रणजीत रायले आज संयुक्तरुपमा शुभारम्भ गरे।
मोर्डन इरा टुर्स एन्ड ट्राभल्स र भारत सरकारको उत्तरप्रदेश परिवहन निगमले संयुक्तरुपमा बस सेवा सञ्चालन गर्ने भएपछि आज उक्त सेवाको औपचारिक शुभारम्भ गरिएको हो । कार्यक्रमममा मन्त्री बस्नेतले पोखरा र नयाँ दिल्लीबीच बस सेवा सञ्चालन हुनु पोखराको पर्यटकीय विकासका लागि महत्वपूर्ण उपलब्धि भएको र यसले दुई देशबीचको आपसी सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे।
राजदूत रायले पोखरासँग यातायात सेवा जोडिएसँगै यहाँ आउने पर्यटकहरू अन्नपूर्ण मुक्तिनाथ जस्ता विभिन्न पर्यटकीय स्थलको अवलोकन गर्न जान सक्ने उल्लेख गरे ।
२८ असार २०७३, ९।००
वि.सं.२०७३ असार २८ मंगलवार ११:२२ मा प्रकाशित