back
NMB ad

इन्स्योरेन्सले ल्यायो साढे १२ लाख कित्ता सेयर, साउन २० देखि भर्न मिल्ने !

Kumari bank ad

काठमाण्डौं । सूर्या लाइफ इन्स्योरेन्सले साउन २० गते देखि आवेदन दिन मिल्ने गरेर साढे १२ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको छ । यो कम्पनीका लगानीकर्ताले चार बराबर एक ९४ः१० कित्ताका दरले हकप्रद भर्न पाउनेछन् ।

लगानीकर्ताले साउन २० देखि भदौ २० गतेसम्म हकप्रद भर्न पाउने कम्पनीले जनाएको छ । एक सय रुपैयाँ अंकित १२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागिएको जानकारी पनि कम्पनीले दिएको छ । लगानीकर्ताले सेयर आवेदन फर्म बुझाउँदा प्रतिकित्ता एक सय रुपैयाँका दरले रकम बुझाउनु पर्नेछ ।

लगानीकर्ताले सूर्या लाइफ इन्स्योरेन्सका शाखा कार्यालयहरु, लक्ष्मी क्यापिटलको कार्यालय नयाँ बानेश्वरमा आवेदन फर्म बुझाउन सक्नेछन् । यस कम्पनीको सेयर निष्कासन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

३ साउन २०७३, १०।००

वि.सं.२०७३ साउन ३ सोमवार ११:१८ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...