back
NMB ad

काठमाडौका १९ पेट्रोल पम्पका शिल भित्रै तेल घटबढ गर्ने रिमोट चिप्स

Kumari bank ad

काठमाडौ । तेल भर्दै हुनुहुन्छ, होशियार ! अब सरकारी कर्मचारीकै मिलेमतोमा पेट्रोल पम्पहरुले तपाईलाई कम तेल दिन सक्छन् । हो यस्तै खुलासा सार्वजनिक भएको छ । त्यो पनि नेपाल सरकारकै सहसचिव लेबलमा कर्मचारी बाट ।

नेपाल सरकारका सहसचिव रामआधार साहले कर्मचारीको मिलेमतोमा पेट्रोल पम्पहरुले शिल भित्रै तेल थपघट गर्ने रिमोट चिप्स जडान गरि उपभोक्ता ठग्ने काम भईरहेको खुलासा गरेका छन् । नियमनकारी सम्बद्ध निकायले सही, वैज्ञानिक, प्रक्रियाबद्ध र नियमित रुपमा अनुगमन नगर्दा उपभोक्ताहरु ठगीको शिकार हुनु परेको उनको भनाई छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागका पूर्व महानिर्देशक समेत रहेका साहले शिल लगायत पम्पको सम्पूर्ण रुपमा निरीक्षण र तेलको बहाव नाप जाँच गर्ने काम नहुँदा उपभोक्ताहरु ठगीमा पर्नुपर्ने स्थिति रहेको बताएका हुन् ।

मंगलबार रिपोर्टर्स क्लबले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा सहसचिव साहले कर्मचारीको मिलोमतो बिना पेट्रोल पम्प व्यावसायीहरुले गलत उपकरणको प्रयोग गरेर ठगी गर्न नसक्ने उनको दाबी छ । उनले भने,–‘दुरुस्त शिल भित्र तेललाई घटबढ गर्ने रिमोटको चिप्सजस्ता उपकरणहरु फेला पर्नु कर्मचारीको मिलोमतो बिना सम्भव नै छैन ।’

ram-adhar-saha

उपत्यकाका १९ ओटा पेट्रोलपम्पमा तेललाई घटबढ गर्ने रिमोटको चिप्स फेला परेपछि गत साल मङ्सिर २७ गते सहसचिव साहलाई पक्राउ गरी प्रहरीले कालोबजारी तथा ठगी मुद्धा लगाएको थियो । सहसचिव साहले नेपाल गुणस्तर तथा नापतौल विभागको महानिर्देशक हुँदा पेट्रोल पम्पहरुमा डिजिटल प्रविधि जडान गर्न लगाएको भन्दै प्रहरीले पक्राउ गरेर अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाएको थियो ।

पुर्पक्षका लागि गत सात महिनायता कारागारमा रहँदै आएका साहलाई जिल्ला अदालत ललितपुरले गत असार २४ गते निर्दोष ठहर गर्दै सफाइ दिएको थियो । अदालतले सहसचिव साह कसुरदार रहेको कुनै पनि आधार तथा प्रमाण नभेटिएको, पेट्रोलपम्पहरुमा डिजिटल प्रविधि जडान गर्ने काम नेपाल सरकारको निर्णय अनुसार भएको र साह सोको कार्यान्वयन गर्ने अधिकारी मात्र भएको र पेट्रोल पम्पहरुमा चिप्स लगाएर रिमोटबाट तेलको बहाबलाई नियन्त्रण गर्ने घटनाको समयमा सहसचिव साह विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत रहेको भन्दै उनको संलग्नता ठहर हुन नसक्ने भन्दै सफाइ दिएको हो ।

सहसचिव साह नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक हुनु पूर्व देखि नै पेट्रोल पम्पहरुमा डिजिटल प्रविधिको उपयोग थालिएको हो । तत्कालिन उपभोक्ता हित, उद्योग तथा आपूर्ति संसदीय समितिका संयोजक भीम आचार्यको संयोजकत्वमा गठित नेपाल आयल निगमको कार्यसञ्चालन र व्यवस्थापनमा गर्नुपर्ने सुधार सम्बन्धमा गठित उच्चस्तरीय समितिले दिएको प्रतिवेदनका आधारमा नेपाल सरकारले डिजिटल प्रविधि जडान गर्ने कार्यलाई लागु गरिएको थियो ।

डिजिटल प्रविधि जडान गर्न सरकारलाई सिफरिस गरेको सो समितिका सदस्य ज्योति बानियाँले डिजिटल प्रविधिलाई कार्यान्वयन गराएर कालोबजारी र ठगी गरेको भन्दै साह विरुद्ध उजुरी गरेका थिए ।

उपत्यकाका १९ ओटा पेट्रोलपम्पहरुमा रिमोटबाट नियन्त्रित हुने चिप्सको प्रयोग गरेर तेलमा घटबढ भएको घटनाको बेला सहसचिव साह विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत थिए । उनी करिब दुई वर्षअघि नै नेपाल गुणस्तर तथा नापतौल विभाग बाट सरुवा भएर विज्ञान तथा प्रविधि मन्त्रालयमा आएका थिए । सहसचिव साहले पेट्रोल पम्पहरुको शिल जाँच गर्ने, अनुगमन, नियन्त्रण र निर्देशन गर्ने कर्मचारीहरुलाई चोख्याएर आफूविरुद्ध मुद्दा लगाउने कार्य दुर्नियत वश भएको पनि बताएका छन् ।

प्रकाशित मितिः २०७३ साउन ४

वि.सं.२०७३ साउन ४ मंगलवार १५:१७ मा प्रकाशित

You can share this post!

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:२५

क्यानबेरा, १४ वैशाख : विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक...

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०९

मलेखु (धादिङ), १४ वैशाख : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक...