काठमाण्डौं । खानीखोला हाइड्रोपावरको साधारण सेयर आज मंगलबार बिहानदेखि सेयर निष्कासन तथा विक्री प्रबन्धक सिभिल क्यापिटलले बाँडफाड गरेको हो । मागिएको भन्दा ६१ गुणा बढी आवेदन परेको यो कम्पनीको सेयर बाँडफाँटमा ९९ वटा मोडल प्रयोग भएको छ ।
गत जेठ १९ गतेसम्म यो कम्पनीको सेयर आवेदन खुल्ला गरिएको थियो । सर्वसाधारणको तर्फबाट रित पुगेका एक लाख ३० हजार वटा आवेदन परेका थिए। ९६० देखि १००० कित्ता सम्म सेयर भर्ने लगानी कर्ताले १६ कित्ता सेयर पाएको जानकारी दिइएको छ । लगानीकर्ताले पाएको १६ कित्ता नै अधिकत हो ।
५५ हजार रुपैयाँको आवेदन दिने लगानीकर्ताले गोला प्रथामा जम्मा १० कित्ता सेयर पाएका छन् । ५६ हजार देखि ५९ हजार रुपैयाँसम्मको सेयर भर्नेले स्वतः १० कित्ता पाए । ५६ देखि ५९ हजार रुपैयाँ सम्मको सेयर भर्ने आवेदक थोरै भएको कारण गोला प्रथा गर्नु नपरेको कम्पनीले जनाएको छ ।
त्यस्तै ६० हजारको सेयर भर्नेले गोला प्राथामा १० कित्ता पाए । ६१ देखि ६८ हजार रुपैयाँसम्मको सेयर भर्नेले पनि स्वतः १० कित्ता नै सेयर पाएका छन् । ६९ हजार रुपैयाँ देखि बढीको सेयर भर्ने लगानीकर्ताले भने प्रतिसशका आधारमा सेयर पाएको जानकारी बाँडफाड कार्यक्रममा दिइयो ।
लगानीकर्ताले सबैभन्दा १६ कित्ता सेयर पाएका छन् । सात सय कित्ता सेयर भर्नेले ११ कित्ता, ७१० देखि ७६० कित्ता सम्म सेयर भर्नेले १२, ७७० देखि ८२० कित्ता सम्म सेयर भर्नेले १३, ८३० देखि ८९० कित्ता सम्म सेयर भर्नेले १४ र ९०० देखि ९५० कित्तासम्म सेयर भर्नेले १५ कित्ता सेयर पाएका छन् ।
सेयर नपर्ने लगानीकर्ताले आगामी पाँच दिन पछि पैसा फिर्ता पाउने कम्पनीले जनाएकोछ ।
११ साउन २०७३, ९.००
वि.सं.२०७३ साउन ११ मंगलवार ११:०७ मा प्रकाशित