back
NMB ad

प्रधानमन्त्रीद्वारा खेलाडीहरुको सम्मानमा करिब ३ करोड वितरण !

Kumari bank ad

काठमाण्डौं । भारतको सिलोङ र गुवहाटीमा गत माघमा भएको १२औं दक्षिण एशियाली खेलकुदका पदक बिजेता खेलाडी तथा प्रशिक्षकलाई सरकारले आज बिहीबार नगदसहित सम्मान गरेको छ ।

सरकारको पूर्वघोषित निर्णय अनुसार सागका ब्यक्तिगत खेलतर्फ स्वर्ण जित्ने खेलाडीले ५, रजत जित्नेले ३ र काश्य जित्नेले २ लाख नगद पाएका छन् । त्यस्तै समूहिक खेलतर्फ स्वर्ण जित्ने टोलीले २ लाख, रजत जित्नेले १ लाख र काश्य जित्नेले ५० हजार पुरस्कार पाएका छन् । त्यस्तै स्वर्ण दिलाउने प्रशिक्षकले ३ लाख, रजत र काश्य दिलाउने प्रशिक्षकले क्रमसः २ र १ लाख पुरस्कार पाएका छन् ।

सागमा स्वर्ण जितेका उसुकी नीमा घर्तीमगर र जुडोकी फूपूहृलामू खत्रीले ५र५ लाख पुरस्कार पाए । तर अर्को स्वर्ण जितेका फुटबल खेलाडीहरुलाई २÷२ लाख दिइयो ।

फुटबलको हकमा भने सरकारले यसअघि नै ५ लाख दिने निर्णय गरिसकेकाले मन्त्रीपरिषदबाट निर्णय गराएर बाँकी ३ लाख उपलब्ध गराइने राखेप सदस्यसचिव केशव विष्टले जानकारी दिए ।

त्यस्तै २३ रजत बिजेता र ३४ काश्य बिजेता खेलाडीलाई पनि क्रमसः ३ र २ लाख नगतसहित सम्मान गरिएको छ । सदस्य सचिव विष्टका अनुसार सागका पदक बिजेता खेलाडीका लागि सरकारले आज करीव ३ करोड पुरस्कार वितरण गरेको छ ।

सागमा नेपालले ३ स्वर्णसहित ६० पदक जितेको थियो । जसमा २३ रजत र ३४ काश्य छन् ।
प्रधानमन्त्री निबास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सागमा पदकबिजेता १६९ खेलाडी र ६१ जना प्रशिक्षकलाई नगतसहित सम्मान गरेका हुन् ।

१३ साउन २०७३, १२।३०

वि.सं.२०७३ साउन १३ बिहीवार १३:११ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...