back
NMB ad

एक करोडको लागतमा खुल्यो यार्सा मिसिएको मिनिरल वाटर उद्योग !

Kumari bank ad

जुम्ला । उच्च हिमाली क्षेत्रमा पर्ने कर्णालीको जुम्लामा पहिलो पटक एक करोड लागतमा ‘यार्सा मिनरल्स वाटर’ उद्योग निर्माण गरिएको छ । पटमारा–८ उर्थुचौतारा जुम्लामा निर्मित उद्योगको हिजो शनिबार प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले उद्घाटन गरेका हुन् ।

प्रजिअ पण्डितले गुणस्तर राम्रो बनाउँदै लगेमा रसुवामा निर्मित हिमालयन स्प्रिङ उद्योग झैँ अरबसम्म यस उद्योगले पनि यार्सा जडित पानी निर्यात् गर्ने सम्भावना रहेको बताए । अङ्गत महत, जयबहादुर महत, एकराज महत, पदमबहादुर महत, दलबहादुर महतारा र गणेशबहादुर रोकायाको साझेदारीमा उर्थुचौतारामा चार हजार वर्गमिटर क्षेत्रफलमा उद्योग निर्माण गरिएको उद्योग साझेदार जयबहादुर महतले जानकारी दिए । उनले १० वर्षका लागि जग्गा भाडामा लिएर शुद्ध पानी, माछापालन, जुस, जेली, जाम बनाइने बताए ।

हिमाली क्षेत्रमा कडा मेहनतका साथ उद्योग निर्माण गरी रोजगार सिर्जना गर्ने र यसको पहिचान विश्व बजारमा पुर्याउन जमर्को गर्ने उदेश्यले स्थापना गरिएको सो उद्योगलाई यहाँका राजनीतिक दल, नागरिक समाज, बुद्धिजीविले सराहनीय कार्य भनेका छन् ।

१६ साउन २०७३, ११।००

वि.सं.२०७३ साउन १६ आइतवार ११:३८ मा प्रकाशित

You can share this post!

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:३४

काठमाडौँ, १७ वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल...

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:१०

काठमाडौँ, १७ वैशाखः आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो...

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:०४

बेइजिङ, १७ वैशाख : आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क...

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४६

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा...

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:१७

मलेखु (धादिङ), १७ वैशाख : सडक खनेको चार दशकपछि धादिङको...