back
mega bank Ad
Hero Ad

तारा एयर दुर्घटनाः दोषी मौसम र पाइलट

पोखराबाट जोमसोम उड्दै गरेको तारा एयरको टुइनअटर विमान दुर्घटनाबारे छानबिन गर्न गठन गरिएको जाँच आयोगले पाँच महिनपछि प्रतिवेदन सार्वजनिक गरेको छ। गत फागुन १२ गते म्याग्दीको दाना गाविसको सोलिघोप्टेभीरमा दुर्घटनाग्रस्त उक्त विमानमा सवार चालक दलसहित २३ जनाकै मृत्यु भएको थियो।

घटनासम्बन्धी जाँच आयोगका सदस्यसचिव तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार जहाजको प्राविधिक कारण नभई मानवीय पक्ष (चालक दल)को मुख्य कमजोरी देखिएकोे छ। उनकाअनुसार त्यस दिन जहाज उड्नका लागि मौसम अनुकूल थिएन।

दुर्घटना भएको कल साइन ९ एन–एएचएच भाइकिङ डीएचसी ६–४०० सिरिजको जहाज पोखराबाट उडेपछि बीच बाटोमा मौसम खराब भएको अनुमान यसअघि गरिएको थियो। प्रतिवेदनमा पाइलटले बल जफतरूपमा बादलमा जहाज प्रवेश गराएको उल्लेख छ।

विमानलाई जोमसोमतर्फ अगाडि बढाउने गरी ल्यान्ड स्लाइड भन्ने विन्दुमा पुगेको भ्रम परेको स्थितिमा जमिनको उपस्थिति जनाउने यन्त्रमा देखिएको चित्र र सचेत गराउने आवाजको संवेदनशीलाता नबुझी लेटे भन्ने विन्दुतर्फ उचाइमा चढाउँदै अझ देब्रेतर्फ मोड्दा विमानको मुख्य संरचनाको तल्लो सतह चट्टानी पहाडमा ठोकिन पुगेको प्रतिवेदनले औंल्याएको छ।

पोखराबाट जोमसम जाने क्रममा विमान उडान हुँदा भिजिविलिटी ५ हजार मिटर थियो। सोही समयमा विमानस्थलमा पनि ५ हजारभन्दा बढी भिजिविलिटी रहेको विमानस्थल कार्यालयले पोखरा विमानस्थललाई जानकारी गराएको थियो।

सामान्यतः भीएफआर विमानका लागि ५ हजार भिजिविलिटीमा उडान अवतरण गर्ने अनुमति दिइन्छ। अन्य ठूला जहाजको हकमा भने थोरैमा पनि ११ सय मिटर भिजिविलिटी आवश्यक हुन्छ। जुन ट्रक रुटहरू हुनुपर्ने हुन्छ।

प्रतिवेदनमा पोखरामा रहेको मौसम विभाग मातहतको निकायले जहाज उड्नका लागी दिएको भिजिविलिटी रिपोर्ट र नागरिक उडड्यन प्राधिकरण पोखराका एयर ट्राफिक ९एटीसी०ले पाइलटलाई टिपाएको भिजिबिलिटीमै एक किलोमिटरको अन्तर छ।

“मौसम विभागले त्यसदिन चार किलोमिटर मात्रै भिजिबिलिटी भनेको छ, तर एटीसीले ५ किलोमिटर भिजिबिलिटी भन्दै जहाजलाई छाडिदिएको छ,”प्रतिवेदनमा उल्लेख गरिएको छ। कारोबार दैनिकमा समाचार छ।

  प्रकाशितः २०७३ साउन १७

वि.सं.२०७३ साउन १७ सोमवार १०:२७ मा प्रकाशित

You can share this post!

स्पेन र जर्मनीले अंक बाढे

स्पेन र जर्मनीले अंक बाढे

वि.सं.२०७९ मंसिर १२ सोमवार ०६:२१

काठमाडौं । निकलास फुलक्रुगको गोलमा जर्मनी फिफा विश्वकप २०२२ मा लगातार...

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

वि.सं.२०७९ मंसिर १२ सोमवार ०६:१७

काठमाडौं । क्रोएसियासँग ४–१ ले पराजित भएसँगै उत्तर अमेरिकी टोली...

यी हुन् दोलखामा पुनः मतदान हुने १० केन्द्र

यी हुन् दोलखामा पुनः मतदान हुने १० केन्द्र

वि.सं.२०७९ मंसिर ११ आइतवार २०:४५

काठमाडौं  । दोलखामा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मंसिर ४ गते...

यी ७ लघुबीमाले पाए कम्पनी संस्थापनाको अनुमति, हेर्नुहोस् क-कसले पाए ?

यी ७ लघुबीमाले पाए कम्पनी संस्थापनाको अनुमति, हेर्नुहोस् क-कसले पाए ?

वि.सं.२०७९ मंसिर ११ आइतवार १७:१०

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सात कम्पनीलाई लघुबीमा कम्पनीलाई छनोट...

दोलखाका सात केन्द्रमा पुनः मतदान गर्न जाँचबुझ टोलीको सिफारिस

दोलखाका सात केन्द्रमा पुनः मतदान गर्न जाँचबुझ टोलीको सिफारिस

वि.सं.२०७९ मंसिर ११ आइतवार १६:५१

काठमाडौं ।  दोलखाका सात मतदान केन्द्रमा पुन मतदान गर्न जाँचबुझ...

बैदेशिक रोजगारीमा जानेले  आईपीओ भर्ने बाटो खुल्यो, रेमिट्यान्स खाता खोली सीआरएन नम्बर लिन सक्ने

बैदेशिक रोजगारीमा जानेले आईपीओ भर्ने बाटो खुल्यो, रेमिट्यान्स खाता खोली सीआरएन नम्बर लिन सक्ने

वि.सं.२०७९ मंसिर ११ आइतवार १६:४६

काठमाडौं । बैदेशिक रोजगारीमा जानेको लागि आईपीओ भर्न बाटो खुलेको...