back

ट्रेकिङ रुट नै चल्न नदिने चेतावनी सहित टानमा श्रमिकको १५ वटा माग

Kumari bank ad

काठमाडौ ।बढ्दो महंगी अनुसार हरेक दुई वर्षमा  पर्यटन श्रमिकको तलब भत्तामा हेरफेर गर्नुपर्ने लगायत माग समेटी पर्यटन श्रमिकहरुले ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) मा १५ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल ट्रेकिङ ट्राभल र्याफ्टिङ एयरलाईन्स मजदुर युनियन(यूनिट्राभ), नेपाल पर्यटन श्रमिक संघ, अखिल नेपाल पर्यटन मजदुर संघ,अखिल नेपाल क्रान्तीकारी पर्यटन मजदुर संघ गरि चार मजदुर संगठनले टानका अध्यक्ष चन्द्र रिजालसमक्ष संयुक्त ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्र अनुसार श्रमिक संगठनहरुले निम्न बुँदाहरुलाई प्राथमिकताका साथ उठान गरेका छन् ।
–पर्वतीय तथा पदयात्रा क्षेत्रका मजदुरको खाइ पाई आएको ज्याला र तलबमा २५ प्रतिशत वृद्धि गरिनुपर्ने ।
–विगतको टान कार्यसमिति र श्रमिक युनियन बिच भएको सहमति अनुसार एक करोड पचास लाखको कल्याणकारि कोष स्थापना गरिनुपर्ने ।
–कम्पनीको नाम खुलाएर पर्यटन श्रमिकको स्थाइ÷अस्थाइ परिचयपत्रको ब्यवस्थापन गरिनुपर्ने ।
–श्रमिकको रोजीरोटी एवं बिदेशीको सुरक्षाका लागि कुनै पनि बिदेशी नागरिक ट्रेकिङ जाँदा अनिवार्यरुपमाश्रमिकको प्रतिनिधित्व गराईनुपर्ने ।
– श्रमिकको दुर्घटना बिमाबापत १५लाख र मेडिकल बिमाबापत७लाखकोव्यवस्था गराईनुपर्ने ।
–ट्रेकिङ मजदुरलाई चार्डपर्व खर्चबापतप्रतिव्यक्ति १० हजार प्रदान गर्ने व्यवस्था मिलाईनुपर्ने ।
–अनुभवी, दक्ष र अनुमतिपत्र प्राप्त गाइडलाई मात्र ट्रेकिङमा पठाइनुपर्ने ।
–माउण्टेन गाइडकोसेवा सुबिधामा ४० प्रतिशत वृद्धि गरिनुपर्ने ।

श्रमिक संगठनहरुले २१दिन भित्र आफ्ना जाहेज मागहरुलाई सम्बोधन नगरिए ट्रेकिङ रुट नै चल्न नदिने चेतावनी समेत दिएका छन् ।
ज्ञापनपत्र बुझ्दै अध्यक्ष चन्द्र रिजालले टान बाट गर्न सकिने सबै माग पुरा गराउने प्रतिबद्धता व्यक्त गरे । मजदुरको कल्याणकारी कोष स्थापना गराउनुपर्नेतर्फ आफुले पनि विशेष ध्यान दिएको बताउँदै उनले श्रमिकहरुका बारेमा राज्यले सम्बोधन गर्नुपर्ने विषयहरुलाई पुरा गराउनेतर्फ पनि सहयोग गर्ने बताए ।

प्रकाशित मितिः २०७३ साउन १९

वि.सं.२०७३ साउन १९ बुधवार २२:२९ मा प्रकाशित

You can share this post!

भारतको सर्वोच्च अदालतले काश्मीरको स्वायत्तता खारेज गर्ने निर्णयलाई कायमै राख्यो   

भारतको सर्वोच्च अदालतले काश्मीरको स्वायत्तता खारेज गर्ने निर्णयलाई कायमै राख्यो   

वि.सं.२०८० मंसिर २५ सोमवार १९:४६

नयाँदिल्ली, २५ मङ्सिर : भारतको सर्वोच्च अदालतले सोमबार दशकौँदेखि विद्रोह...

प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनरलाई ज्ञापन–पत्र

प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनरलाई ज्ञापन–पत्र

वि.सं.२०८० मंसिर २५ सोमवार १९:४२

नेपालगन्ज : बाँके र बर्दियाका उद्योग वाणिज्य संघ र उद्योगी...

नेपालमै किन लगानी गर्ने भन्ने प्रश्नको जवाफ हामीसँग छ : अर्थमन्त्री   महत   

नेपालमै किन लगानी गर्ने भन्ने प्रश्नको जवाफ हामीसँग छ : अर्थमन्त्री   महत   

वि.सं.२०८० मंसिर २५ सोमवार १९:३४

काठमाडौँ, २५ मङ्सिर : अर्थमन्त्री डा प्रकाशशरण महतले अन्य देशको...

कुश्मा-नयाँ बुटवल दुई सय २० केभी प्रसारण लाइनको उद्घाटन   

कुश्मा-नयाँ बुटवल दुई सय २० केभी प्रसारण लाइनको उद्घाटन   

वि.सं.२०८० मंसिर २५ सोमवार १९:२७

काठमाडौँ, २५ मङ्सिर : नवलपरासी, रुपन्देहीलगायत जिल्लामा सहज विद्युत् आपूर्तिका...

४४ लाख ५४ हजार कित्ता आईपीओ निष्काशन गर्दै विकास हाइड्रोपावर

४४ लाख ५४ हजार कित्ता आईपीओ निष्काशन गर्दै विकास हाइड्रोपावर

वि.सं.२०८० मंसिर २५ सोमवार १९:२१

काठमाडौं । विकास हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि...

थप चार कम्पनीले गर्यो लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

थप चार कम्पनीले गर्यो लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०८० मंसिर २५ सोमवार १७:१९

काठमाडौं । लाभांशको सिजन चलिरहेको छ । कम्पनीहरुले धमाधम लाभांश...