back
Mega Long Ad

हेंंवा जलविद्युत आयोजनालाई बीस करोड घाटा !

काठमाण्डौं । पाँचथर सदरमुकाम फिदिम नगरपालिका र  झापा गाविसको सिमाना भएर बग्ने हेंवा खोलामा निर्माणधिन तल्लो हेंवा जलविद्युत आयोजनालाई २० करोड घाटा लागेको निर्माण कम्पनीले जनाएको छ।

गतवर्षको विनाशकारी भूकम्प, त्यसपछिको अघोषित भारतीय नाकाबन्दी र स्थानीयवासीको अवरोधका कारण निर्माण कम्पनीलाई त्यतिको घाटा लागेको बताइएको छ।

आयोजनाको निर्माण कम्पनी माउन्टेन हाइड्रो प्रालि नेपालका अध्यक्ष सिताराम तिम्सिनाका अनुसार भूकम्प र त्यसपछिको पराकम्पका कारण आयोजनाको काम प्रभावित बनेको थियो।

त्यस्तै लामो समयसम्म कायम रहेको भारतीय नाकाबन्दीका कारण पेट्रोलियम पदार्थसँगै अन्य आवश्यक सामग्री आपूर्तिमा समस्या हुँदा गतवर्षको भदौ महिनादेखि बन्द भएको आयोजनाको काम फागुन महिनादेखि मात्र सुचारु भएको अध्यक्ष तिम्सिनाले बताए।

यता विभिन्न माग राख्दै स्थानीयवासीले गरेको अवरोधका कारण पनि करोडौँं घाटा बेर्होर्नु परेको उनको भनाई छ।

विसं २०७१ मङ्सिरदेखि सुरु भएको आयोजनाको काम दुई वर्षभित्रमा सम्पन्न गरिसक्नु पर्नेछ । हाल पाँचहजार ३०० मिटर टनेलमध्ये ४ हजार मिटर टनेल निमार्ण भइसकेको छ । बाँधको कार्य ५० प्रतिशत सकिएको छ । अबको नौ महिनाभित्रमा पावर हाउस निमार्णकार्य सम्पन्न हुनेछ । काममा कुनै अवरोध नआए त्यसको दुई महिनामा आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्ने प्रालिका अध्यक्ष तिम्सिनाले बताए।

प्राइम बैंक र माउन्टेन हाइड्रो प्रालि नेपालको तीन अर्ब ६६ करोड लगानीमा सुरु भएको आयोजना सम्पन्न भएपछि २१ मेगावट विद्युत् उत्पादन हुनेछ । तर आयोजनाको लागत थप २० करोड बढ्ने भएको छ।
 प्रकाशितः २०७३ साउन २२

वि.सं.२०७३ साउन २२ शनिवार १५:५९ मा प्रकाशित

You can share this post!

नेपाल-भारत विद्युत व्यापारका लागि निर्माणाधीन प्रसारण लाइनमा बढ्यो अवरोध, राज्य कति जिम्मेवार ?

नेपाल-भारत विद्युत व्यापारका लागि निर्माणाधीन प्रसारण लाइनमा बढ्यो अवरोध, राज्य कति जिम्मेवार ?

वि.सं.२०७८ असोज ५ मंगलवार १४:१४

काठमाडौं । विद्युत प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत व्यापारका...

प्राधिकरणले ठूला उद्योगलाई मागेजति विद्युत दिने

प्राधिकरणले ठूला उद्योगलाई मागेजति विद्युत दिने

वि.सं.२०७८ असोज ४ सोमवार १३:३३

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत् खपत बढाउने योजनाअन्तर्गत ठूला...

जनतालाई दिएको २० युनिट छुटको दायित्व प्राधिकरणले सामाजिक उत्तरदायित्व शीर्षकबाट व्यहोर्ने

जनतालाई दिएको २० युनिट छुटको दायित्व प्राधिकरणले सामाजिक उत्तरदायित्व शीर्षकबाट व्यहोर्ने

वि.सं.२०७८ असोज ४ सोमवार १०:५४

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आफू जनताप्रति...

अप्पर स्याङ्गे हाइड्रोपावरले डाक्यो साधारणसभा, के-के छन् एजेण्डा ?

अप्पर स्याङ्गे हाइड्रोपावरले डाक्यो साधारणसभा, के-के छन् एजेण्डा ?

वि.सं.२०७८ असोज ३ आइतवार ११:१४

काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले असोज २४ गते वार्षिक...

ऊर्जा, कृषि, पर्यटनलगायत क्षेत्रमा लगानी युएईलाई आग्रह

ऊर्जा, कृषि, पर्यटनलगायत क्षेत्रमा लगानी युएईलाई आग्रह

वि.सं.२०७८ असोज १ शुक्रवार १४:२६

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऊर्जा, कृषि,...

बिकास हाइड्रोपावरले १३ लाख ८८ हजार कित्ता आइपीओ निष्काशन गर्ने

बिकास हाइड्रोपावरले १३ लाख ८८ हजार कित्ता आइपीओ निष्काशन गर्ने

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:४७

काठमाडौं । बिकास हाइड्रोपावरको सेयर निष्काशनका लागि प्रभु क्यापिटल निष्काशन...