back
NMB ad

दूध बिक्री गर्न बजार समस्या

Kumari bank ad

पाल्पा । दूध बिक्री गरेर राम्रो आम्दानी गर्ने उद्देश्य बोकेका चाँपाकोटका किसान दूध बिक्री नहुँदा समस्यामा परेका छन् ।

बिस्तारै बढ्दै गएको चाँपाकोट बजारलाई ध्यानमा राख्दै व्यावसायिक पशुपालनमा लागेका किसानले उत्पादित दूध बजारमा बिक्री गर्न सकेका छैनन् ।

दूध उत्पादनकै लागि यहाँ गण्डकीबँेसी गाईपालन समूह गठन गरेर यहाँका ५० घरपरिवारका किसानले आम्दानीको मुख्य स्रोत नै पशुपालन व्यवसाय अपनाएका छन् । यहाँ उत्पादित दूध किसानले सङ्कलन केन्द्रमा जम्मा गरेर बिक्री गर्ने व्यवस्था मिलाई पशुपालन व्यवसायमा लागेका हुन् ।

सङ्कलन केन्द्रमा दैनिक दुई २०० देखि ३०० लिसम्म दूध जम्मा भएकामा यहाँको बजारमा २० देखि ३० लि मात्र दूध खपत हुने गरेको समूहका अध्यक्ष गोपीचन्द्र भट्टराईले बताउनुभयो ।

समुदायमा गाईको महत्व थाहा नहुनु तथा गाईको दूध खाए पिनास रोग लाग्छ भन्ने पुरानो सोचाइले यहाँका उपभोक्ताले गाईको दूध खरिद नगर्ने गरेको उहाँले बताउनुभयो ।

यहाँ उत्पादित दूध अन्यत्र लैजान सक्ने व्यवस्था नभएकाले दूध बिक्रीमा समस्या परेको किसान शेषकान्त भण्डारीले बताउनुभयो । गत वर्ष गाईपालन समूह गठन गरी समूहमा आबद्ध किसानले दुईदेखि पन्ध्र वटासम्म जर्सी र होलस्टिन जातका गाई पाल्दै आएको स्थानीयवासी रामचन्द्र भट्टराईले बताउनुभयो ।

एक किसानले पाँचदेखि ४० लिसम्म दूध उत्पादन गर्ने गरेका छन् । बजारको विकास र विस्तार नभएका कारणले यहाँ उत्पादित दूधले बजार पाउन नसकेको हो ।

२५ साउन २०७३, १२।००

वि.सं.२०७३ साउन २५ मंगलवार १२:१९ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...