back

चार बैंकको वित्तीय विवरण सार्वजनिक, एभेष्ट बैंक सबैभन्दा अगाडि !

Kumari bank ad

काठमाण्डौं । आइतबार गत बर्षको वित्तीय विवरण सार्वजनिक गरेका चार बैंकमध्ये एभरेष्ट र नेपाल एसबिआइ बैंकको भने उल्लेख्य नाफा बढेको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा घट्न पुगेकोछ । त्यस्तै, मर्जरपछि बनेको बैंक अफ काठमाण्डू लुम्बिनी बैंकको नाफामा बढोत्तरी भएको छ ।

एभरेष्ट बैंकको नाफा एक अर्ब ५७ करोड रुपैयाँबाट बढेर एक अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । कर्जा लगानी विस्तारसँगै खुद ब्याज आम्दानीमा बृद्धि भएपछि बैंकको नाफा उक्लिएको हो । बैंकले नौं करोड २७ लाख रुपैयाँ राइट ब्याक गर्दै १६ करोड ८१ लाख रुपैयाँ प्रोभिजनिङमा छुट्याएको छ ।

स्ट्यान्डर्ड चार्टर्डको नाफा एक अर्ब २९ करोडबाट घटेर एक अर्ब २६ करोडमा खुम्चिएको छ । स्प्रेड दर घटेर ब्याज आम्दानी कम भएपछि बैंको नाफा ओरालो लागेको हो ।

नेपाल एसबिआइ बैंकले भने एक अर्ब ६ करोडको नाफालाई बढाएर एक अर्ब ३३ करोड रुपैयाँ पुर्‍याएको छ । बैंकले खुद ब्याज आम्दानी बढाउँदै केही ऋण राइट ब्याक गरेका कारण नाफामा उल्लेख्य सुधार देखिएको हो ।

बैंक अफ काठमाण्डू लुम्बिनीले ७५ करोड ८१ लाख रुपैयाँ नाफा गरेको छ । कुल नाफामा लुम्बिनी बैंकको मात्र हिस्सा ३६ करोड ३२ लाख रुपैयाँ छ । बैंकको नाफा मर्जरपछि केही वढेको हो ।

३० साउन २०७३, ९।००

वि.सं.२०७३ साउन ३० आइतवार ११:३९ मा प्रकाशित

You can share this post!

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८० मंसिर २५ सोमवार ११:३३

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको...

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८० मंसिर २५ सोमवार १०:५९

काठमाडौं । अकामा होटेल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ...

यसरी फेरियो पुम्दीकोटको परिचय   

यसरी फेरियो पुम्दीकोटको परिचय   

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४७

अन्नपूर्ण (कास्की), २५ मङ्सिर : पोखरा घुम्न आएका पर्यटक पोखरा...

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४२

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज मंसिर २५ गते...

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

वि.सं.२०८० मंसिर २५ सोमवार १०:३१

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको...

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:२१

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको...