back
NMB ad

माथिल्लो भोटेकोसी जलविद्युत अढाई वर्षपछि मात्र संचालनमा आउने !

Kumari bank ad

सिन्धुपाल्चोक । भूकम्प र बाढीले क्षतिग्रस्त सिन्धुपाल्चोकको माथिल्लो भोटेकोसी जलविद्युत् आयोजनालाई पूर्ण रुपमा सञ्चालनमा ल्याउन अढाइ वर्ष लाग्ने भएको छ ।

गत वर्षको भूकम्प र परकम्पले क्षतिग्रस्त भई बन्द भएको आयोजनालाई आगामी भदौ–असोजमा सञ्चालनमा ल्याउने तयारी भइरहेकामा गत असार २१ गतेको बाढीले थप क्षति पुर्याई तहसनहस भएपछि अबको साढे दुई वर्षपछि मात्र सञ्चालनमा आउन सक्ने प्रमुख कार्यकारी अधिकृत नरेन्द्र प्रजापतिले बताए ।

४५ मेगावाटको आयोजनाको तातोपानी गाविसस्थित १० किलोमा रहेको बाँध पूरै क्षतिग्रस्त भएको छ । बाँधमा राखिएका आठरआठ मिटरका दुई ढोका समेत बाढीले पुरिएको छ । कङ्क्रिट ढलानको बाँधको सडकपट्टिको कमजोर भुभागबाट बाढीले खोलेपछि हाल सोही ठाउँबाट नदी बहेको छ । फुलपिङ्कट्टी गाविसस्थित विद्युत्गृह पानीले डुबाएको थियो ।

अहिले पानी निकालिए पनि के कति क्षति भयो भन्ने यकिन समेत गर्न नसकिएको आयोजनाले जनाएको छ । “हाल नदीमा पानीको बहाव घटेको छैन,” प्रजापतिले भने, “अहिले क्षतिको यकिन विवरण भन्नै सकिँदैन, विद्युत् उत्पादन गर्न कम्तीमा पनि साढे दुई वर्ष लाग्छ ।” नदीमा पानीको बहाब घटेपछि मङ्सिर पुसमा मात्र इन्जिनियरको टोली निरीक्षण गर्न जाने हुँदा त्यसपछि मात्र यथार्थ विवरण आउने प्रजापतिले बताए ।

भूकम्प र बाढीले माथिल्लो भोटेकोसी जलविद्युत् आयोजना मात्र नभई तातोपानी गाविसस्थित ३.१ मेगावाटको भैरवकुण्ड जलविद्युत् आयोजना पनि हाल बन्द छ ।

३० साउन २०७३, ११।००

वि.सं.२०७३ साउन ३० आइतवार १३:२४ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...