back
NMB ad

ब्रोइलर कुखुराको मासु र अन्डाबाट ३३ करोड ९६ लाख आम्दानी !

Kumari bank ad

भद्रपुर । झापामा ब्रोइलर कुखुराको मासु बिक्रीबाट वार्षिक करिब रु ३३ करोड ९६ लाख आम्दानी भइरहेको छ ।

राष्ट्रिय योजना आयोगको सचिवालय, केन्द्रीय तथ्याङ्क विभागद्वारा आव २०७१/७२ मा गरिएको व्यावसायिक कुखुरापालन सर्वेक्षणको नतिजामा सो कुरा उल्लेख छ । मङ्गलबार यहाँ सार्वजनिक गरिएको सर्वेक्षणबाट अन्डा बिक्रीबाट करिब रु पाँच करोड ८६ लाख र कुखुराबाट उत्पन्न हुने मल बिक्रीबाट रु ६२ लाख ३४ हजार आम्दानी हुने गरेको तथ्याङ्क विभागका निर्देशक बद्री कार्कीले जानकारी दिनुभयो ।

पहिलो पटक नेपालमा गरिएको सो सर्वेक्षणमा झापामा कुखुरापालन व्यवसाय सङ्ख्या ५६२ रहेको जनाइएको छ, जसमा ब्रोइलर व्यवसायको सङ्ख्या ५४० मा नौ लाख ३३ हजार ब्रोइलरको सङ्ख्या रहेको र लेयर्स व्यवसायको सङ्ख्या २२ मा लेयर्स कुखुरा ३० हजार सङ्ख्यामा छन् । सर्वेक्षणले झापामा कुखुराको मासु दुई हजार ७३ मेट्रिक टन र अन्डा ६९ लाख ६९ हजार उत्पादन भइरहेको देखाएको छ ।

पाँच सय कुखुराभन्दा बढीका व्यवसाय मात्र सर्वेक्षणमा राखिएको जनाइएको छ । सञ्चालकसहित कामदार सङ्ख्या एक हजार १४ र अस्थायी कामदार व्यक्ति दिन सङ्ख्या नौ हजार १०० रहेको सर्वेक्षण नतिजामा उल्लेख छ ।

ऋण लिएर व्यवसाय सञ्चालन गर्नेको सङ्ख्या ४८ र ऋणको आवश्यकता महसुस गर्ने व्यवसायको सङ्ख्या ७६ छ । नाफामा सञ्चालित व्यवसायको सङ्ख्या ९३ देखिएको बताइएको छ ।

सर्वेक्षणमा व्यवसायीले सहुलियतपूर्ण ऋणको व्यवस्था, कुखुरा र अन्डा बिक्रीका लागि उचित बजारको व्यवस्था, स्थानीयस्तरमा प्राविधिक सेवाको सहज पहुँच तथा निःशुल्क सेवा, चल्ला एवम् दानाको गुणस्तरको सरकारद्वारा कडाइका साथ अनुगमन, सरकारले कुखुरा र अण्डाको मूल्य निर्धारण गर्नुपर्ने जस्ता माग सरकारसँग राखिएको सर्वेक्षणमा उल्लेख छ ।

प्रकाशितः २०७३ भदौ ४

वि.सं.२०७३ भदौ ४ शनिवार ११:०९ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...