back
NMB ad

सार्क राष्ट्रको अध्यक्षता गर्दै उपप्रधान एवं अर्थमन्त्री महरा

Kumari bank ad

काठमाडौ । उप–प्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा सार्कको आठौं अर्थमन्त्री स्तरीय बैठकमा सहभागी हुन मंगलवार राति पाकिस्तान प्रस्थान गर्र्दैछन् । उप–प्रधानमन्त्री महरा राती साँढे नौ बजे कतार एयरवेजबाट पाकिस्थान प्रस्थान गर्ने कार्यक्रम रहेको छ । नेपालका तर्फबाट उपप्रधानमन्त्री महराले अध्यक्ष राष्ट्रको हैसियतले बैठकको अध्यक्षता गर्नेछन्।

बैठकमा मुख्यतयाः सार्क क्षेत्रको आर्थिक बिकासका लागि गर्न सकिने साझेदारीका बारेमा छलफल हुनेछ। मन्त्री स्तरीय बैठक अघि भदौ ९ गते सार्कका अर्थ सचिबहरुको बैठक हुने कार्यक्रम रहेको छ ।

सचिब स्तरीय बैठकको भोलिपल्ट अर्थमन्त्रीहरुको बैठक हुने कार्यक्रम रहेको छ । उपप्रधानमन्त्री महरा भदौ ११ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

महराका साथ मन्त्रालयका सह सचिब बैकुण्ठ अर्याल पनि रहनेछन् । सार्कको सातौ अर्थमन्त्री स्तरीय बैठक नेपालमा भएको थियो ।

यसैबिच, उपप्रधानमन्त्री महरासँग मंगलवार नेपालका लागि अमेरीकी अलेना बी टेप्लिट्स राजदुत  र सोमबार नेपालका लागि भारतिय राजदुत रञ्जित रेले सोमबार मन्त्रालयमा भेट गरी नेपाल सरकारको उपप्रधान तथा अर्थमन्त्रीलाई बधाई ज्ञापन गरेका थिए । भेटमा दुबै देशका राजदुतहरुले विगतमा भइरहेका सहयोगलाइ निरन्तरता दिने र थप सहयोगका लागि तयार रहेको बताएका थिए ।

प्रकाशित मिति: २०७३ भदौ ७

वि.सं.२०७३ भदौ ७ मंगलवार १४:१४ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...