back
NMB ad

नेपाली कांग्रेसबाट थपिए १३ मन्त्री, आजै लिए सपथ !

Kumari bank ad

काठमाण्डौं । नेपाली कांग्रेसबाट सरकारमा सहभागी १३ मन्त्रीहरुले आज पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले १३ मन्त्रीहरुलाई सपथ ग्रहण गराएकी हुन् ।

पुष्पकमल दाहाल प्रचण्डु नेतृत्वको सरकारमा यसअघि नै कांग्रेसबाट विमलेन्द्र निधि र रमेश लेखक सहभागी भइसकेका छन्। पार्टीको आन्तरिक विवादका कारण मन्त्री पठाउन ढिलाइ गरेको कांग्रेसले हिजो बेलुका मात्र सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुको टुङ्गो लगाएको थियो।

यसअघि रामचन्द्र पौडेल पक्षधरले पाँच मन्त्रालय नपाए सरकारमा आफ्नो पक्षबाट मन्त्री नपठाउने भन्दै विरोध गरेपछि सभापति शेरबहादुर देउवा अप्ठेरोमा परेका थिए। सरकारमा कांग्रेसको नेतृत्व गर्दै गएका उपप्रधानमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्री प्रचण्डसित १५ मन्त्रालयमा सहमति गरेपछि कांग्रेसलाई मन्त्रीको भागबण्डा गर्न सहज भएको हो।

आज सपथ लिएका मन्त्री र तिनले सम्हाल्ने मन्त्रालय यस प्रकार रहेका छन् । दीपक गिरी सिँचाइ, रोमी गौचन थकाली वाणिज्य तथा आपूर्ति, सीतादेवी यादव शान्ति तथा पुनर्निमाण, हृदयराम थानी सहकारी तथा गरिबी निवारण, नवीन्द्रराज जोशी उद्योग, डा प्रकाशशरण महत परराष्ट्र, बालकृष्ण खाँड रक्षा, सूर्यमान गुरुङ श्रम तथा रोजगार, अर्जुननरसिंह केसी सहरी विकास, केशवकुमार बुढाथोकी सामान्य प्रशासन, जीवनबहादुर शाही पर्यटन, गगन थापा स्वास्थ्य, शंकर भण्डारी वन मन्त्री भएका छन् ।

१० भदौ २०७३, ११।००

वि.सं.२०७३ भदौ १० शुक्रवार १२:०१ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...