back
Kumari Bank

सेयर बजारः कम्पनी हेरेर लगानी गर्नुहोस्, पछुताउनु पर्दैन !

Nepal Bank

पछिल्लो समय धितो पत्र बोर्डले सरहनिय काम गरेकै हो । पुर्ण रुपमा डिम्याट , ब्रोकेर कमिसन मा उल्लेखनिय रुपमा कटौती गर्नु , ४ कार्यदिन मा राफसाफ हुनु , आइपिओमा अनिवर्य डिम्याट तथा पारिबारिक चेक मात्र प्रयोग हुनुलाई धितोपत्र बोर्डको सकरात्मक कदमको रुपमा लिन सकिन्छ । साथ साथै नेप्से यो अवस्थामा आइपुग्नको लागि नेप्सेको भुमिकालाई नजरन्दाज गर्न कदापी मिल्दैन ।

यहाँ अहिले कथित साना लगानिकर्ताले बुझ्न के आवश्यक छ भने लगानी हल्लाको भर मा गर्ने दोस अरु लाई दिन कहाँ सम्म उचित होला । जब सम्म आत्मबिस्वास र बजार बारे पर्याप्त सुचना हुन्न तब सम्म बजार प्रबेस नगरेकै राम्रो ? प्रबेस गरे पनि पर्याप्त सुचना लिन आवस्यक देखिन्छ ।

कति घट्ला त नेप्से रु नेपाली बजार लाई नत प्राबिधिक बिस्लेसण असर गर्छ नत कम्पनी को बितिय अबस्था लेरु केबल हल्ला मा अडेको बजार छ । नभए अहिले बजार घट्ने कारण के रु कम्पनी सबल छन बजार बडेकै छ , नाफा बडेकै छ , बजार मा तरलता को अवस्था छ बेन्क ब्याजदर भन्दा कम्पनी ले दिने लाभाम्स बडेकै छरु अब को केहि समय बजार मा त्रास नै कायम रहला आत्मबिस्वास फर्कन समय लाग्ला जसरी एउटा खेलाडी ले आत्मघाती गोल को कारन खेल मा फर्कन गारो हुन्छ त्यस्तै आत्मबिस्वास बिहिन लगानि कर्ता को कारण केही समय बजार अस्थिर नै रहला र केही समय बजार फेरि पुरानै लयमा फर्कनेछ ।

अहिलेको समय अलिक अस्थिर छ । हिजो बजार मा चलेको अनेक हल्ला ले बजार लाई अस्थिर बनायो । नत बजार त्यति घट्ने कारन नै थियो नत आज बजार त्यति बड्ने कारन नै थियो । एउटा सानो हल्ला ले बजार लाई करडौ नोक्सान भयो । आखिर डुब्ने त साना लगानी कर्ता नै हुन । जस्ले बजार लाई बुज्न सक्दैन उहीँ बजार बाट बडारिन्छ आखिर त्यै भयो जस्ले गर्दा बिना कारण करडौ को नोक्सान ब्यहर्नु पर्यो ।

हामीले कम्पनीको बितिय अवस्था प्रती सेयर आम्दानी मूल्य आम्दानी अनुपात लाभांशको बिगत बर्तमान र ब्यबस्थापन जस्ता कुरा अध्ययन गरेर लागानी गरे पछाउनु पर्ने छैन । लगानी गर्नु भन्दा पहिले एक पटक सोचौ कतै हाम्रो लगानी गलत ठाउँमा परेको त छैन ।

सबैको मनमा एउटै कुरा खेली राखेको छ कि बजारको अन्तिम बिन्दु कुन हो ? सर्बप्रथम नेप्से बड्नु को कारण के हो भन्ने बुझ्न आवस्यक छ । तर यहाँ बास्तबिकता भन्दा हल्लाको पछाडी दगुर्ने मान्छेको जमात बढि छ । सबै को स्टाटसमा एउटै छ नेप्से घटेर कहाँ पुग्ने हो । तर मलाइ लाग्छ यो सामन्य घट्दो क्रम हो ।

मार्केट डेप्थ हेर्दा प्रस्टै थाहा हुन्छ कि सेयर को माग र पूर्ति । हरेकको पूर्ति भन्दा माग एक धेरै बढी छ। तर नयाँ लगानी कर्ता को हतास मानसिकता को फाइदा ठुला लगानीकर्ता ले उठाइ राखेको अवस्था छ । बजार मा अनेक हल्ला फैलाएर सेयर उठाउने रणनिती हो यो ?

सर्बप्रथम नेप्से बड्नु को कारण बजार मा आएको नया सेयर हो । भर्खर मात्र बजारमा जलबिद्युत लगानी को द्द करोड कित्ता सेयर आएको छ जस्ले नेप्से बडाउन केही मात्रा मा सहयोग गरेकै छ । साथ साथै नया आउने सेयर तथा बोनस तथा राइटको कुरा फरक छ ।

सबै लगानी कर्ताको मानसपटलमा नेप्से 292 पुगेको याद छ । तर ईतिहास दोहरिन धेरै कठिन छ । त्यो समय देशमा आर्थिक कृयाकलाप धेरै कम थियो देश द्वन्द्वमा थियो । देशको आर्थिक कृयाकलाप ठप्प थियो तर अहिलेको अवस्था फरक छ। सिमित मात्रामा लगानी कर्ता थिए र सिमित कम्पनि । अहिले बजारमा शिक्षित र सचेत लगानिकर्ताको अभाब छैन ।

तर पनि हल्लाको पछाडी दगुर्ने को जमात उल्लेखानिय छ । जस्ले कम्पनि हेरेर लगानी गर्छ उस्ले पछुताउने कारण छैन । जस्ले मूल्य हेरेर खराब कम्पनीमा लगानी गर्छ उस्ले अबस्य पछुताउनु मात्र पर्छ । सचेत लगानीकर्ताले अहिलेको अवस्थालाई सामन्य रुपमा लिएको छ । हल्लाको पछाडी कुद्नेले बजार crash नै हुन्छ भन्छन । बजार 1500 भन्दा कदापी मुनि आउने छैन । सक्नेले घटेको दाममा किनौ नसके hold गरुम ।

बजार crash नहुने कारण यी हुन:

– कम्पनी ले बोनस घोसणा गर्ने बेला यहि हो

– बजारमा तरलता को अवस्था बाध्यकारी पुजि बृदी गर्नु पर्ने

– बैंकको ब्यज दर

– धितोपत्र बोर्ड को सकरत्मक कदम

– सन्कुचित लगानी को छेत्र

– उल्लेखनिय रुपमा mutual fund को उपस्थिती

– लगातार रुपमा बडेको market turnover

– नया लगानी कर्ता को प्रबेश

संजित सिटौला, १० भदौ २०७३, ११।००

वि.सं.२०७३ भदौ १० शुक्रवार १२:४३ मा प्रकाशित

You can share this post!

कोरियाली बहुराष्ट्रिय कम्पनीले प्रतिस्पर्धाबाट सद्भावना दूत छनोट गर्ने   

कोरियाली बहुराष्ट्रिय कम्पनीले प्रतिस्पर्धाबाट सद्भावना दूत छनोट गर्ने   

वि.सं.२०८२ असार १२ बिहीवार १८:२४

काठमाडौँ : दक्षिण कोरियाको बहुराष्ट्रिय कम्पनी एसवाई ग्रुपको नेपाल च्याप्टरले...

लगनखेलमा यामाहा ब्लू फेस्ट २०८२ सुरु, बाइक एक्सचेन्जमा आकर्षक अफरहरू उपलब्ध

लगनखेलमा यामाहा ब्लू फेस्ट २०८२ सुरु, बाइक एक्सचेन्जमा आकर्षक अफरहरू उपलब्ध

वि.सं.२०८२ असार १२ बिहीवार १८:१४

काठमाडौँ : नेपालमा आयोजना हुने सबैभन्दा ठूलो दुईपांग्रे एक्सचेन्ज महोत्सव...

सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध सात उजुरी   

सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध सात उजुरी   

वि.सं.२०८२ असार १२ बिहीवार १७:४५

काठमाडौँ : सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा...

नेपाल आयल निगमले बोलायो विशेष साधारण सभा

नेपाल आयल निगमले बोलायो विशेष साधारण सभा

वि.सं.२०८२ असार १२ बिहीवार १७:१९

काठमाडौं । नेपाल आयल निगमले विशेष साधारण सभा बोलाएको छ...

म्याग्दीमा व्यावसायिक अरिङ्गाल पालन   

म्याग्दीमा व्यावसायिक अरिङ्गाल पालन   

वि.सं.२०८२ असार १२ बिहीवार १६:५९

म्याग्दी : पाखो बारीको भित्तामा सासाना प्वाल छन् । नजिकनजिक...

विदेश पठाइदिने भन्दै ५८ लाख ठगी गर्ने दुई जना पक्राउ   

विदेश पठाइदिने भन्दै ५८ लाख ठगी गर्ने दुई जना पक्राउ   

वि.सं.२०८२ असार १२ बिहीवार १६:४७

काठमाडौँ :  वैदेशिक रोजगारीमा युके र कतार पठाइदिने भन्दै रु...