काठमाण्डौं । आज किन किन उनको धेरै याद आइरहेको छ र राति अबेला सम्म निद्रा नै परेन । भिन्न भिन्न स्वरुपमा उनलाई देख्छु । कहिले रातोसारीमा छपक्कै त कहिले हरियोसारीमा धपक्कै । जब रातोसारीमा लगाएर भित्तामा आउछिन् अनि अंगालोमा बाधिरहन मन लाग्छ । रातोसारीमा एउटी होइन धेरै एकै पटक आउदा त दुबिधा झन बढ्न थाल्छ , मुटु चाडो चाडो धड्किन थाल्छ । कुन लाई अँगालो मारौ , कुन लाई अँगालो मारौ, कुनलाई लिउ, कुनलाई लिउ ? सबैले भन्ने त गर्छन । “ मुलको पानी र कुलको नानी ।”
मान्छेको जातै लोभी अझ यो शेयर बजारमा लागेको मान्छे त झनै लोभी । जहिले पनि कुन कुलको कुन नानीले धेरै भन्दा धेरै Bonus Share , Right Share , Cash Dividend ल्याउछिन् । उनैलाई भित्र्याउन मन लाग्ने , उनैलाई अँगालो हाल्न मन लाग्ने । के यो साच्चिकै रातोसारीको माया हो ? आफैले आफैलाई प्रश्न सोध्न मन लाग्छ । उत्तर पनि आफै आफै आउछ , खुट्टा भए पछि बजारमा जुत्ता त कति कति, यो सबै Bonus Share , Right Share , Cash Dividendको माया हो , के को रातोसारीको माया नी ?
जब राम्रो कुलको रातोसारीवाली लगाएको भित्र्यायो । अनि जति बेला पनि उनैलाई हेरिरहन मन लाग्ने । कति बेला बढ्छिन् र कति बेला हरियोसारीमा देखा पर्छिन् भन्दै । जहिले पनि ध्यान रातोसारीमा । यसरी सधै रातोसारीवाली लाई Time दिदा दिदा , घरकि गृहलक्ष्मी रिसाउ लिन भन्ने डर । क्या हो बुढा, आजभोलि त आखा जति रातोसारीमा घर कि लाइ त टाइम नै छैन , भनेर । जति बेला पनि रातोसारीवाली कतिबेला हरियोसारिवाली हुन्छिन भन्दै हेरिरहन मन लाग्ने, के यो माया हो ?
जब सधै रुप रंग बदलि रहने रातोसारीवाली हरियोसारीमा धपक्कै हुन्छिन, बढेर ठुली हुन्छिन र खुशीको सिमा नै रहदैन । क्यालकुलेटर दबाएर हिसाब निकाल्न थाल्छु । सधै भरि रातोसारिमा आखा लगायो भनिरहेने, मलाइ Time नै दिएन भनेर सधै किचकिच गरिरहने गृहलक्ष्मीलाई भन्न लाग्छ , हे प्रिये अब त्यसले आफ्नो रुप बदली, रातोसारीमा आउनै छाडी । रातोसारिमा आउदा त सधै हेरिरहन्थे तर अब हरियोसारीमा आउन थाली । अह, अब त्यसलाई धेरै दिन राख्दै राख्दिन, राख्दै राख्दिन । दुबैमा खुशीको सिमा नै रहदैन ।
शेयर बजारमा अवसरहरु आइरहन्छन तर अवसरलाई समात्न जान्नु पर्छ । त्यस्तै मानव जिबनमा पनि आउने अवसरलाई समात्न जान्नु पर्छ । यसो यताउता हेर्छु , घरका मान्छेहरु केटाकेटीहरु वरिपरी नभएको अवसरलाई सदुपयोग गर्दै गृहलक्ष्मीलाई च्याप समाएर अंगालो मार्दै भन्छु , हे प्रिये त्यो रातोसारिवाला त PartTime मात्र हो , FullTime त तिमि नै हो । अनि दुबैका आखा बाट खुशीका आशु बर्रर झर्छन् । दुबैले क्यालकुलेटर थिचेर हिसाब निकाल्न थाल्छौ । जब रातोसारीवाली हरियोसारीवालीमा पुगेर बेच्दा भएको मुनाफा देखाउदा त घरपरिवारमा सबै जना खुशी अनि दङ्ग ।
यो खुशीको पछाडि धेरै कारणहरु छन् । शेयर किन्दा आफुले आफैलाइ कहिल्यै पनि शेर जस्तै राजा नै ठानिन । आफुले किनेको शेयरको मुल्य बढदा कहिल्यै शेयरबजारको ठुलै खेलाडी सम्झिन । आफुले किनेको शेयरको मुल्य घट्दा कहिल्यै आफुले आफुलाई कमजोर ठानिन र निराश पनि भइन बरु बढ्ने समयसम्म धैर्यताका साथ कुरिरहे, त्यो समय सम्म Bonus , Right Share जोडी रहे ।
शेयर किन्ने बेलामा कहिल्यै हतार गरिन । बरु जहिले पनि आफुले आफैलाई प्रश्न गर्ने गर्छु, त्यो पनि एक पटक होइन तिन तिन पटक, मैले किन्न थालेको शेयरको मुल्य बढ्ने आधारहरु के के छन् ? के मलाई प्राप्त सूचना सहि एवं यथार्थ हो ? मलाई प्राप्त सूचनाको आधारमा साच्चिकै शेयरको मुल्य बढ्ने नै हो त ? अनि विश्लेषण गरेर मात्र म शेयर खरिदको लागि आफ्नो ब्रोकरलाई आदेश दिन्छु । किनेको शेयर घटे पनि कति सम्म मैले Risk लिन सक्छु त्यसको पहिला नै विश्लेषण गरेको हुन्छु र तनाव पनि हुदैन । जहिले पनि घटेको बेलामा वा बढ्न शुरु गर्दा शेयर किन्ने गर्छु र धेरै लोभ नगरी आफ्नो Target Meet गरे पछि बेच्ने गर्छु ।
अलि बेर गम्न मन लाग्छ , साच्चिकै मान्छेको जीवनमा पनि शेयर बजारमा जस्तै छिन छिनमा, आफुले चाहे अनुसार सजिलै श्रीमानले श्रीमती बदल्न पाइने , श्रीमतीले श्रीमान बदल्न पाइने भए त मायाप्रेमको बिषयलाई लिएर यो संसारमा किन हत्या, आत्महत्या, बिष सेवन, खुकरी हानाहान, जिउदै जलाइने, दाइजोको बिषयलाई लिएर एक अबोध महिलालाई घर निकाला हुने थियो र श्र संसार साच्चिकै सधैभरि मुस्काइरहने एउटा फुलबारी नै बन्ने थियो, मायाप्रेमको सम्बन्धमा ।
त्यति कै मा फोनको घन्टी बज्छ , हतपत निद्रा बाट बिउझदै फोन रिसिभ गर्छु । उता बाट ड्राइभरले भन्छ , सर आज अफिस जानु हुन्न क्यारे हजुरलाई मैले बाहिर कुरेको करिब एक घण्टा जति भयो त । यसो घडि हेर्छु त १० बजिसकेको रहेछ । ल एकै छिन है भन्दै, चिया पनि नखाई हतपत उठेर हातमुख धोइ ड्रेस लगाई अफिस तर्फ लागे ।
प्रकाशितः २०७३ भदौ ११
वि.सं.२०७३ भदौ ११ शनिवार १३:५७ मा प्रकाशित