back
NMB ad

‘तपाईहरु एक कदम अघि बढनुस् म दुई फड्को मार्छु’

Kumari bank ad

काठमाडौ । सहकारी क्षेत्रमा गत अर्थिक वर्ष २०७२/ ७३ मा दुई खर्ब दुई अर्ब बचत परिचालन भएको छ ।

सहकारी विभाग र मातहतका कार्यालयबाट आव २०७२/७३ मा सञ्चालित कार्यक्रमबारे वार्षिक समीक्षा गोष्ठीमा मुलुकलाई समृद्धिमा लैजान सरकारले अघि सारेको तीन खम्बे अर्थनीतिको मेरुदण्डको रुपमा रहेको सहकारीमा सो बचत रकम परिचालन भएको बताईएको छ ।

वित्तीय कारोबारको विवरणमा सहकारी संघ संस्थाको सेयर पुँजी ६३ अर्ब, सहकारी कोषको रकम ६ अर्ब ८० करोड रहनुका साथै लगानी एक खर्ब ८८ अर्ब रुपैंया पुगेको जानकारी दिइएको छ । मुलुकमा हाल प्रारम्भिक सहकारी संस्थाको सङ्ख्या ३३ हजार २८९ छ ।

सहकारीका ७० जिल्ला संघ , २५३ विषयगत जिल्ला संघ , २० विषयगत केन्द्रीय संघ , राष्ट्रिय सहकारी संघ र राष्ट्रिय सहकारी बैँक एक÷एक छन् ।

मुलुकभरका सहकारी संघ संस्थामा २३ लाख ९० हजार ९४९ महिला र २८ लाख, ९ हजार ८३८ पुरुष सदस्य छन् । त्यसैगरी सञ्चालक समितिमा ९१ हजार ६१८ महिला रहेको प्राप्त तथ्याङकमा उल्लेख छ । अघिल्लो वर्ष मुलुकका १०० वटा सहकारी समायोजन गरिएका थिए ।

गोष्ठि शुभारम्भ गर्दै सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले सहकारी क्षेत्रमा देखिएको विकृति र विसङ्गति अन्त्यका लागि कर्मचारीले एक फड्को अघि बढेमा आफू दुई फड्को अघि बढ्न प्रयास गर्ने अठोट व्यक्त गरेका छन् ।

उनले भने, “मुलुक बनाउने भावना लिएर सामूहिकरुपमा जिम्मेवार, इमान्दार र लगनशील भएर काम गर्न आवश्यक छ । तपाईहरुबाट सहयोग भएमा म १८ घन्टासम्म काम गर्न तयार छु ।”

गरिबीसँग जोडिएका योजना र कार्यक्रमलाई मन्त्रालय मातहतमा ल्याउन आफूबाट सक्दो प्रयास हुने बताउँदै मन्त्री थामीले नीति बनाउने तर कार्यान्वयमा ध्यान नदिने हाम्रो चरित्रलाई बदल्न आवश्यक रहेको बताए ।

सहकारी विभागका रजिष्टार केशवप्रसाद रेग्मीले मुलुकमा सहकारीको विकास र विस्तारसँगै विसङ्गतिसमेत भित्रिएकाले त्यसलाई हटाउन अनुगमन समयन्त्रलाई थप सुदृढ तुल्याइने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति ः २०७३ भदौ १२

वि.सं.२०७३ भदौ १२ आइतवार १८:३७ मा प्रकाशित

You can share this post!

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...