back

‘हरियो नम्बर प्लेटले गैरपर्यटक बोक्न पाउँदैन’ कारबाही हुन्छ !

Kumari bank ad

काठमाडौ । यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले हरियो नम्बरप्लेटका सवारी साधनमा गैर पर्यटक बोक्न नपाइने बताएका छन् । पर्यटन पत्रकार संघ (जाट) नेपालले रिपोटर्स क्लब नेपालमा आयोजना गरेको ʽफेस टू फेसʼ कार्यक्रममा महानिर्देशक श्रेष्ठले पर्यटक र गैरपर्यटकको स्पष्ट पहिचान गरी सवारीमा आवतजावत गराउनुपर्ने बताए ।

उनले भने, ʽपर्यटक गाडीले पर्यटक बोक्न पाउँछ । बिदेशी ,स्वदेशी कस्तो प्रकारको पर्यटक हो त्यो परिभाषित हुनुपर्यो ।ʼ श्रेष्ठले भने, ʽहरियो सवारीमा चढेर स्वदेशी पर्यटक स्वर्गद्धारी नि जान पाउनुहुन्छ, सौराहा नि जान पाउनुहुन्छ । चितवन जहाँ पनि जान पाउनुहुन्छ । तर नीजिले पर्यटकलाई भाडामा बोक्न पाईदैन, यदि त्यस्तो भएमा कारबाही हुन्छ ।ʼ

उनले बिहान बेलुका झोला बोकेर हिंड्ने मानिस पर्यटक नहुने भन्दै भने, ʽससुराली जाँदा नि पर्यटक हुने मावली जाँदा नि पर्यटक हुने यो हुनै  सक्दैन ।ʼ विभागले छिट्टै व्यावसायिक सवारी र निजी सवारीमात्र भनेर दर्ता गर्ने व्यवस्था गर्न लागेको भन्दै त्यसपछि यी विषय अन्त्य भएर जाने उनको दाबी थियो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशीले घरबाट निस्केर गन्तव्यतर्फ जाने र केही पैसा खर्च गर्ने व्यक्ति पर्यटक भएको बताउँदै गन्तव्यको छवीमा नकारात्मक असर गर्ने गरि निर्णय नलिन सम्बन्धीत निकायको ध्यानाकर्षण गराए ।

नाट्टाका अध्यक्ष मधुसुदन आचार्यले राज्यलाई पर्यटन उद्योग नचाहिने हो भने बन्द गरिदिन आग्रह गरे । उनले भने, ʽयदि राम्रो सँग संचालन गर्ने हो भने आवश्यक नीति लिन जरुरी छ । कुनै विज्ञप्ती निकाल्नुभन्दा अगाडि त्यसबारे गहन अध्ययन गर्न आग्रह गर्दछु ।ʼ यातायात विभागले सवारीको कन्डिसन र चालकलाई कसरी अनुसासनमा ल्याउने बारेमा ध्यान दिन आग्रह गर्दै आचार्यले दुर्घटनामा जोडेर पर्यटकको सिजनमा ऐनको ऐनमा टेकेर चलखेल गर्ने काम बन्द गर्न सम्बन्धीत निकायको ध्यानाकर्षण गराए ।

टुरिष्ट बस एसोसियसन अफ नेपाल (टिवान)का अध्यक्ष श्रीकान्त आचार्यले गैर पर्यटक भनेर त्यसको परिधि के हो ? त्यसलाई स्पष्ट पारिदिन सरकारसँग माग गरे ।

नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष साङ्गे लामाले सिजनका बेला हरियो प्लेटका सवारी साधनले सबै पर्यटकलाई बोक्न नसक्ने कारण नीजि सवारीको समेत प्रयोग गर्नुपरेको भन्दै व्यवहारिक कठिनाई बुझिदिन राज्यसँग आग्रह गरे ।

टानका महासचिव कर्ण लामाले पर्यटकीय सवारी साधनको अभाव भएको समयमा रातो नम्बर प्लेट सञ्चालनमा ल्याउन पाउनुपर्नेमा जोड दिंदै आन्तरिक पर्यटकका लागि ʽडि टिम्सʼ लागु गर्न सकिने धारणा राखे । त्यसतै सोट्टो–नेपालका अध्यक्ष यमबहादुर खड्काले पर्यटक बसलाई एम्बुलेन्स सरह सुबिधा उपलब्ध गराउनुपर्ने माग गरेका थिए ।

जाट नेपाल फेस टू फेस कार्यक्रमको अध्यक्षता गरेका पर्यटन पत्रकारसंघ (जाट–नेपाल)का अध्यक्ष देवीप्रसाद पन्तले पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने गतिबिधी नहोस् भन्नेतर्फ सबै सचेत हुनुपर्ने भनाई राखेका थिए ।

प्रकाशित मितिः २०७३ भदौ १७

वि.सं.२०७३ भदौ १७ शुक्रवार १७:०६ मा प्रकाशित

You can share this post!

लालपुर्जा पाइने भएपछि खुसी छन् टीकापुरका स्थानीय   

लालपुर्जा पाइने भएपछि खुसी छन् टीकापुरका स्थानीय   

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:३३

भजनी १६ मङ्सिर : कैलालीको टीकापुर नगरपालिका–६ का निसाद विक्रम...

यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:२४

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ...

मेलम्चीको पानी काठमाडौँ पठाउन तीव्रगतिमा काम भइरहेको छ,   चाँडै पुर्‍याउँछौँ : मन्त्री  यादव 

मेलम्चीको पानी काठमाडौँ पठाउन तीव्रगतिमा काम भइरहेको छ,   चाँडै पुर्‍याउँछौँ : मन्त्री  यादव 

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:०५

मेलम्ची, (सिन्धुपाल्चोक) १५ मङ्सिर : खानेपानीमन्त्री महिन्द्रराय यादवले मेलम्चीको पानी...

आज १६ मंसिर २०८० शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १६ मंसिर २०८० शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८० मंसिर १६ शनिवार ०६:५७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणको विषयलाई लिएर राय बाझियो   

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणको विषयलाई लिएर राय बाझियो   

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:४९

काठमाडौँ, १५ मङ्सिर : नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण...

ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने प्राधिकरणको निर्णय   

ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने प्राधिकरणको निर्णय   

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:४३

काठमाडौँ, १५ मङ्सिर : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले...