काठमाडौ । आफ्ना ग्राहक वर्गहरुलाई सहजरुपमा अटो लोन प्रवाह गर्ने उद्देश्यले ग्लोबल आइएमई बैंकले अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्ससँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । सम्झौता अनुसार अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्स र त्यस अन्तर्गतका अन्य कम्पनीहरुबाट खरिद गरेका गाडीहरुलाई ग्लोबल आइएमई बैंकले बढिमा ७ वर्षको लागि ८० प्रतिशत सम्म कर्जा प्रवाह गर्ने छ ।
उक्त सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट बैंकका मुख्य प्रबन्धक – एसएमइ तथा रिटेल बैंकिङ, सुरेन्द्र राज रेग्मी र अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्सको तर्फबाट महाप्रबन्धक–फाइनान्स मनिष कुमार जैनले हस्ताक्षर गरेका छन् ।
सम्झौता पत्र अनुसार अब सुजुकी ब्राण्डका कुनैपनि निजि वा कमर्सियल प्रयोजनका लागि अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्स र त्यस अनन्तर्गतका अन्य कम्पनीहरुबाट खरिद गरेका गाडीहरुलाई ग्लोबल आइएमई बैंकले ग्राहकहरुलाई आफनो सबै शाखाहरुबाट आकर्षक व्याजदर सहित बढिमा ७ वर्षको लागि ८० प्रतिशत सम्म कर्जा प्रवाह गर्ने छ ।
सबै क्षेत्र र वर्ग सम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले ९१ वटा शाखा ६ वटा एक्सटेन्सन काउण्टर, १०२ एटिएम, ४२ वटा शाखारहित बैंकिङ सेवा मार्फत आफ्ना ६ लाख भन्दा बढि ग्राहकसमक्ष सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित मितिः २०७३ भदौ १७
वि.सं.२०७३ भदौ १७ शुक्रवार १७:३६ मा प्रकाशित