back
SKIPNTC Content Block
SKIP
NMB Ad
Ncell Banner Ad

मदर टेरेसा क्रिश्चियन सन्त घोषित !

काठमाण्डौं । भारतको कोलकत्तामा गरिव दुःखीहरुलाई सहयोग गर्ने भिक्षु मदर टेरेसालाई भ्याटिकन सिटीमा हिजो आईतबर आयोजित क्रिश्चियन समारोहमा सन्त घोषणा गरिएको छ ।

लाखौं धर्मालम्वी सहभागी र क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले अध्यक्षता गरेको समारोहमा गौरवका साथ टेरेसालाई सन्त घोषणा गरिएको हो ।

टेरेसाको १९औं बार्षिकीको पुर्वसन्ध्यामा आयोजित समारोहमा धर्मगुरु फ्रान्सिसले “सम्मानले पुजनीय कोलकत्ताकी त्रिमुर्ती टेरेसाको नाम सन्तहरुको सूचीमा लेखिएको र सम्पुर्ण चर्चहरुमा उहाँलाई आदर गरिने सगौरव घोषणाा गर्दछौं” भनेका थिए ।

समारोहका बेला हेलिकोप्टरबाट पुष्पवृष्टी गरिएको थियो भने तीन हजार सुरक्षा अधिकृतहरु परिचालन गरी समारोहस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

टेरेसाले सुरुमा शिक्षिकाको रुपमा र पछि गरिव तथा दीन दुःखीहरुको सेवागरी आफ्नो युवा अवस्था भारतमा बिताएकी थिइन् । उनको पछिल्लो भूमिकाकाले उनलाई विश्व प्रशिद्ध महिला बनाएको थियो । त्याग र सहयोगका कारण उहाँले १९७९ को नोवेल शान्ति पुरस्कार पनि पाएकी थिइन् । तर धर्म निरपेक्षता पक्षधरले उनको आलोचना पनि गर्ने गर्दथे । उनको निधनपछि उनको सम्पत्तिका बारेमा लगातार विवाद भईरहेको छ ।

२० भदौ २०७३, ९।००

वि.सं.२०७३ भदौ २० सोमवार १३:२० मा प्रकाशित

You can share this post!

Shivam Long ad Landing page
हेवाखोलामा ‘डाइभर्सन’ निर्माण गरी यातायात सञ्चालनको तयारी   

हेवाखोलामा ‘डाइभर्सन’ निर्माण गरी यातायात सञ्चालनको तयारी   

वि.सं.२०८१ असोज २१ सोमवार ०६:५९

ताप्लेजुङ : एक सातादेखि अवरुद्ध मेची राजमार्गअन्तर्गत हेवाखोलामा डाइभर्सन निर्माण...

खुर्काेटमा बेलिबृज जडान सुरु   

खुर्काेटमा बेलिबृज जडान सुरु   

वि.सं.२०८१ असोज २१ सोमवार ०६:५२

काठमाडौँ : सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते...

नेपालबाट मनसुन बाहिरिन सुरु, दशैंमा पानी पर्ने सम्भावना कति ?    

नेपालबाट मनसुन बाहिरिन सुरु, दशैंमा पानी पर्ने सम्भावना कति ?    

वि.सं.२०८१ असोज २१ सोमवार ०६:४७

काठमाडौँ : यस वर्षको मनसुन  बाहिरिन थालेको छ । निर्धारित...

यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमय दर   

यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमय दर   

वि.सं.२०८१ असोज २१ सोमवार ०६:३९

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

आश्विन शुक्ल चौथी तिथि वृद्धि : आज पनि कुष्माण्डा देवीको पूजा, आराधना गरिँदै   

आश्विन शुक्ल चौथी तिथि वृद्धि : आज पनि कुष्माण्डा देवीको पूजा, आराधना गरिँदै   

वि.सं.२०८१ असोज २१ सोमवार ०६:३६

काठमाडौँ : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन...

आज २१ आश्विन २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २१ आश्विन २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ असोज २१ सोमवार ०६:३२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...