back

काठमाडौमा १३५ जनामा हैजाको संक्रमण !

Kumari bank ad

काठमाडौ ।  काठमाडौ उपत्यकाका विभिन्न स्थानमा हैजाको सङ्क्रमण बढेपछि १३५ जनामा सङ्क्रमणको पुष्टि भएको छ । वर्षा मौसम सुरु भएदेखि देखिएको हैजा अहिले नियन्त्रणका क्रममा रहेको स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रेशमलाल लामिछानेले जानकारी दिएका छन् ।

उनका अनुसार ललितपुरमा ११०, काठमाडौंँमा १९ र भक्तपुरमा १ जनामा जीवाणु देखिएको हो । पछिल्लो पटक यही भदौ १७ गते पाँच जनामा हैजा पुष्टि भएको थियो ।

महाशाखाले हैजा देखिएको ठाउँको पानी परीक्षणका लागि नमुना संकलन गर्दै पानी उमालेर वा शुद्धीकरण गरेर पिउन आग्रह गरेको छ  ।

लगातार पातलो दिसा हुने रोगलाई बोलचालका भाषामा झाडापखाला, भनिन्छ । रोगीको पखालामा ‘ब्याक्टेरियम भिब्रियो कोलेरी’ नामक जीवाणु पाइएमा  त्यसलाई हैजा भनिने चिकित्सक बताउँछन् ।

महाशाखाका पूर्वनिर्देशक डा बाबुराम मरासिनीका अनुसार हैजाको जीवाणु शरीरमा प्रवेश गरेपछि दुई  घन्टादेखि पाँच दिनसम्ममा देखिन सक्छ । यसको सङ्क्रमण अवधि निकै कम भएकाले यो तुरुन्तै फैलिन सक्छ ।  समयमै उपचार नपाए बिरामीको मृत्यु समेत हुन सक्ने उनको भनाइ छ ।

प्रकाशित मितिः२०७३ भदौ २१

वि.सं.२०७३ भदौ २१ मंगलवार १९:२८ मा प्रकाशित

You can share this post!

लालपुर्जा पाइने भएपछि खुसी छन् टीकापुरका स्थानीय   

लालपुर्जा पाइने भएपछि खुसी छन् टीकापुरका स्थानीय   

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:३३

भजनी १६ मङ्सिर : कैलालीको टीकापुर नगरपालिका–६ का निसाद विक्रम...

यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:२४

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ...

मेलम्चीको पानी काठमाडौँ पठाउन तीव्रगतिमा काम भइरहेको छ,   चाँडै पुर्‍याउँछौँ : मन्त्री  यादव 

मेलम्चीको पानी काठमाडौँ पठाउन तीव्रगतिमा काम भइरहेको छ,   चाँडै पुर्‍याउँछौँ : मन्त्री  यादव 

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:०५

मेलम्ची, (सिन्धुपाल्चोक) १५ मङ्सिर : खानेपानीमन्त्री महिन्द्रराय यादवले मेलम्चीको पानी...

आज १६ मंसिर २०८० शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १६ मंसिर २०८० शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८० मंसिर १६ शनिवार ०६:५७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणको विषयलाई लिएर राय बाझियो   

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणको विषयलाई लिएर राय बाझियो   

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:४९

काठमाडौँ, १५ मङ्सिर : नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण...

ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने प्राधिकरणको निर्णय   

ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने प्राधिकरणको निर्णय   

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:४३

काठमाडौँ, १५ मङ्सिर : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले...