back
NMB ad

जेफाले डाँडा नयाँ गन्तव्य

Kumari bank ad

मोरङ । पूर्वी नेपालका पर्यटकीय स्थानमध्ये मोरङको जेफाले नयाँ र मनोरम गन्तव्य बनिरहेको छ ।  मोरङको सिंहदेवीमा सञ्चालित होमस्टेमा पर्यटकको आकर्षण बढ्न थालेको छ । त्यहाँ सुरु गरिएको होमस्टे आगन्तुकका लागि आकर्षण बन्दै गएको छ ।
जेफाले सामुदायिक होमस्टे व्यवस्थापन समितिका सचिव भीम ठकुरीका अनुसार अहिले पर्यटनको मौसम नभए पनि जेफालेमा भने पर्यटकको अभाव छैन । दैनिक होमस्टेमा बस्न र जेफालेबाट मनोरम दृश्य हेर्नेको लर्को नै लागिरहेको छ । परीक्षणका रुपमा पाँचवटा घरमा सञ्चालित होमस्टेमा एक दिनमा ५० व्यक्तिलाई बास बस्ने र खाना खुवाउन सक्ने व्यवस्था रहेको सचिव ठकुरीको भनाइ छ ।

मोरङको सिंहदेवी वडा नम्बर ५ बिहीबारे बजार, जसलाई हाबेचौँरी पनि भनिन्छ । हाबेचौँरी तराईबाट ३४ किलोमिटर पहाडी यात्रा गरेपछि पुगिन्छ, जुन समुद्र सतहबाट एक हजार मिटरको उचाइमा छ ।

यस हाबेचौँरीलाई पूर्वका १६ जिल्लाको दृश्यावलोकन गर्न सकिने जेफालेडाँडाको आधार शिविरका रुपमा लिइन्छ ।

प्रकाशित मितिः२०७३ भदौ २१

वि.सं.२०७३ भदौ २१ मंगलवार २०:०८ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...