back
NMB ad

नबिलको एक अर्बको सामुहिक लगानी कोषको ईकाई सर्वसाधारणमा बिक्री गर्ने

Kumari bank ad

काठमाण्डौं । नबिल ईन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले एक अर्बको सामुहिक लगानी कोषको ईकाई सर्बसाधारणमा बिक्री गर्ने भएको छ । नबिल म्युचुअल फण्ड अन्तर्गत नबिल ईक्विटी फण्डको १० करोड ईकाई असोज २ गतेदेखि बिक्रीमा आउने भएको हो । प्रति ईकाई १० रुपैयाँ मूल्यका ईकाईहरु सर्बसाधारणमा जारी गर्ने प्रयोजनका लागि कम्पनीले आब्हान पत्र प्रकाशित गरेको छ ।

कसरी दिने त आवेदन ?
१० करोड ईकाई मध्ये १५ प्रतिशत ईकाई कोष प्रबद्र्धकलाई छुट्याई बाँकी ८ करोड ५० लाख ईकाई सर्वसाधारणले किन्न पाउने छन् । सर्वसाधारण लगानीकर्ताले एक करोड ईकाई अर्थात १० करोड रुपैयाँसम्म लगानी गर्नसक्ने छन् । बढी आबेदन परेको खण्डमा असोज ६ गते नै यसको बिक्री बन्द हुने जनाईएको छ ।

सर्बसाधारणले नबिल बैंकका शाखाहरु र नबिल ईन्भेष्टमेन्ट बैंकिड। लिमिटेडको कार्यालय नारायणचौरबाट आबेदन पत्र प्राप्त गरी बुझाउनसक्ने जनाईएको छ । आबेदकले ५० हजार रुपैयाँसम्म नगद र त्यो भन्दा बढी चेकबाट बुझाउनु पर्ने, डिम्याट खाता र बैंक खाता अनिबार्य रुपमा उल्लेख गर्नुपर्ने भएको छ । ईकाई नपरेको पैसा फिर्ता बैंक खातामा सिधै पठाईने उल्लेख गरिएको छ ।

नविल इन्भेष्टमेन्ट बैंकिङ नविल बैंकको सहायक कम्पनी हो ।

प्रकाशितः २०७३ भदौ २३

वि.सं.२०७३ भदौ २३ बिहीवार ११:१५ मा प्रकाशित

You can share this post!

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:२२

काठमाडौँ, १४ वैशाख :हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...