back
NMB ad

बैंक र बीमामा लगानीकर्ता फर्केपछि सेयर बजार हरियो

Kumari bank ad

काठमाडौं । बैंक र बीमा समूहले तानेपछि बजार बन्द हुने बेलामा सेयर बजार परिसूचकहरु हरियो रंगले पोतिए । बजार खुल्नासाथ सामान्य वृद्धि देखिएपनि अधिकांस समय सूचक रातो रंगमा परिणत भएको थियो । अन्तिम समयमा बैंकमा लगानीकर्ता तानिए र बजारलाई माथि उठाए ।

१.८८ अंकको वृद्धि र करिब एक अर्ब २० करोड रुपैयाँको सेयर कारोबार गर्दा बाणिज्य बैंक र बीमा समूहको दबदबा कायमै रह्यो । बाणिज्य बैंक समूहको सूचक र कारोबार अन्तिम समयमा मात्रै बढेको हो । सनराइज् बैंक, सिटिजन्स बैंक, नेपाल बंगलादेश, एभरेष्ट, एनआईसी एशिया जस्ता बैंकले सोमबारको बजारलाई लिड गरे । सबैभन्दा बढी सनराईज बैंकको ६ करोड ६८ लाख रुपैयाँको सेयर किनबेच भयो ।

सिटिजन्स बैंक र एनआईसी बैंकको हकप्रद तथा बोनस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको र बुक क्लोज हुने सूचनाले पनि कारोबार रकम तथा मूल्यमा केही असर गरेको हो ।

हकप्रद घोषणा गरेको लक्ष्मी लघुवित्तका लगानीकर्ता सबैभन्दा बढी कमाउनेमा परेका छन् । यो कम्पनीका लगानीकर्ताले ८.५८ प्रतिसतका दरले कमाएका छन् । सानिमा बैंकका लगानीकर्ताले ४.८१ प्रतिसतका दरले कमाएका छन् ।

कारोबार भएका मध्ये चार वटा समूह बाणिज्य बैंक, होटल, विकास बैंक र इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । जलबिद्युत् र फाइनान्स समूहका लगानीकर्ताले भने गुमाए। अन्य समूह यथावत रह्यो ।

प्रकाशित मितिः २०७३ भदौ २७

वि.सं.२०७३ भदौ २७ सोमवार २१:०९ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...