
चितवन । पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे चढेको जिप आइबार साँझ त्रिशुली नदीमा खसेको छ । घिमिरेसहित ३ जना बेपत्ता छन् भने उनकी आमासहित ३ जनाको मृत्यु भएको छ । मुग्लिनबाट काठमाडौं आउँदै गरेको बा ९ च १५३१ नम्बरको जिप आइतबार साँझ चितवन दरेचोकस्थित घोप्टेभिर भन्ने स्थानबाट सडकबाट त्रिशुली नदीमा खसेको थियो ।
दुर्घटनास्थलबाट एक महिलासहित चारजनाको उद्धार गरिएको छ । तर, घिमिरे सहित केहिको अवस्था अज्ञात छ ।
जिप पुरै पानीमा डुबेको र खोजीकार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
उद्धारका लागि कुरिनटारस्थित सशस्त्र प्रहरी बलको आपतकालीन उद्धार टोली परिचालन भएको छ ।
घटनास्थलमा घिमिरेकी आमा ८० वर्षीया चैत्यकुमारी घिमिरे, अंगरक्षक रामचन्द्र कार्की र आफन्त नारायणप्रसाद काफ्लेको शव भेटिएको प्रहरीले जनाएको छ ।
खिलराज रेग्मीका पालामा घिमिरे गृहमन्त्री थिए ।
प्रकाशित मितिः २०७३ असो ९
वि.सं.२०७३ असोज ९ आइतवार १८:२६ मा प्रकाशित