काठमाण्डौं । अहिले नेपाली बजारमा तरकारीको मूल्य आकासिएको छ । यसरी तरकारीको भाउ बढ्दा उपभोक्ताको मासिक आय÷व्यय समेत प्रभावित हुन पुगेको छ।
अहिले सोह्रा श्राद्ध चलिरहेको र माछा मासु अण्डा नखाने भएकोले तरकारीमा चाप परेको मूल्य बढेको तरकारी व्यवसायीहरुको तर्क छ । श्राद्धको अवधिभर मासुको साटोमा तरकारीको प्रयोग बढी हुँदा मूल्य बढेको बताइएकोछ ।
सोह्र श्राद्धमा काँक्रो, गाजर, टमाटर, काउली, परवर लगायतका तरकारीहरुको माग बढेकोले मूल्यमा बृद्धि भएको व्यवसायीहरुले बताए । कालिमाटी तरकारी फलफूल विकास समितिको पछिल्लो एक साताको तथ्यांकमा तरकारीको भाउ दुई सय २८ प्रतिशतसम्मले बढेको छ । काठमाण्डौंको कालिमाटीमा दैनिक सात सय मेट्रिक टन तरकारी आयात हुन्छन् ।
एक सातामा काँक्रोको मुल्य ७० प्रतिशतले महंगिएको छ । गत शनिबार किलोको ४८ रुपैयाँ रहेको काक्रोको मुल्य हिजो आइतबार ८२ रुपैयाँ पुगेको छ । त्यस्तै किलोको एक सय दस रुपैयाँ गाजर एक सय ५५ रुपैयाँ पुगेको छ । किलोको ८५ रुपैयाँ रहेको काउली एक सय पाँच रुपैयाँ पुगेको छ । वर्षाले समेत किसानले तरकारी ल्याउन नसक्दा मूल्यमा चाप परेको छ।
१० असोज २०७३, ११।००
वि.सं.२०७३ असोज १० सोमवार ११:१८ मा प्रकाशित