काठमाण्डौं । गत शनिबार बाँडफाँड भएको नेशनल माइक्रोफाइनान्सको साधारण सेयरमा नपरेको पैसा ८ बैंक तथा वित्तीय संस्थामा खाता हुनेले मात्र खातामा नै पैसा फिर्ता पाउने भएका छन् ।
अरु बैंक तथा वित्तीय संस्थाको खाता विबरण उपलब्ध गराएका लगानीकर्ताले भने सेयर नपरेको पैसा फिर्ता लिनका लागि आवेदन बुझाएको स्थानमा नै लाइन लाग्नु पर्ने भएको छ ।
आज बिहीबारदेखि सेयर नपरेको पैसा फिर्ता गर्ने क्रममा नेपाल इन्भेष्टमेण्ट बैंक, प्रभु बैंक, एनआईसी एशिया बैंक, एपेक्स डेभलपमेण्ट बैंक, एस डेभलपमेण्ट बैंक, आईसीएफसी फाइनान्स, गुहेश्वरी मर्चेण्ट बैंकिंग एण्ड फाइनान्स, गुडबिल फाइनान्समा खाता भएका लगानीकर्ताको बैंक खातामा मात्र सेयर नपरेको पैसा पठाउने तयारी पुरा गरेको छ
राष्ट्र बैंक तथा नेपाल धितोपत्र बोर्डले नगद लाभांस तथा सेयर निष्काशनमा सेयर नपरेको पैसा फिर्ता गर्दा सिधै बैंक खातामा जम्मा गर्न मर्चेण्ट बैंक तथा सेयर निष्काशन गर्ने कम्पनीहरुलाई निर्देशन दिएको भए पनि त्यस्तो हुन नसकेको हो ।
१३ असोज २०७३, १२।००
वि.सं.२०७३ असोज १३ बिहीवार १२:२२ मा प्रकाशित