back
Kumari Bank

डिजी जहाजमा सरर, एयरपोर्टमा मजदुरको बिजोग

Nepal Bank

काठमाडौ । बडादशैंको घटस्थापनाको दिन, सबैतिर दशैंको माहोलले बजारमा रौनक छाएको छ । तर यहाँ नेपाल हबाइ प्राधिकरणमा कार्यरत श्रमिकलाई भने दशैको खर्चको जोहो कसरी पर्ने भन्ने चिन्ता मात्रै छ । नेपाल नागरिक उड्डयन प्रधिकरण अन्तर्गत ठेकेदार कम्पनीमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल(एयरपोर्ट) मा कार्यरत करिब ४ सय श्रमिकहरुको दशैं कसरी बित्ने भन्ने चिन्ता सुरु भएको छ ।

यता नेपाल नागरिक उड्डयन प्राधिकरणका डिजि (महानिर्देशक), निर्देशक, मन्त्री सबै बिदेशमा सरर जाहाज चढेर क्यानडातिर मोज गरेर हिंडिरहेको श्रमिकहरुले बताएका छन् । तर श्रमिकको समस्या प्रति न त सरकार, न त हवाइ प्राधिकरण कोहि कसैलाई कुनै मतलव छैन । मजदुरहरुले यस विषयमा बारम्बार कुरा राख्दा पनि सम्बन्धीत निकाय कानमा तेल हालेझैं गरेर मौन बस्ने गरेको उनीहरुले बताएका छन् ।छ । ठेकेदार कम्पनीहरु यो आफ्नो काम नभएको भन्दै पन्छिने गरेका उनीहरुले बताएका छन् ।

मजदुरहरुले पर्यटन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीलाई पनि सम्पर्क गरेर आफ्ना समस्याबारे जानकारी गराएको बताएका छन् । तर सचिव अधिकारीले आफुलाई यस विषयमा कुनै थाहा नभएको भन्दै पन्छिने गरेको उनीहरुको दुखेसो छ ।

काममा लगाउने र मजदुरप्रति जिम्मेवार नहुने व्यवस्थापकलाई सरकारले कारबाही गर्नुपर्ने मजदुरहरुको माग छ । एयरपोर्टको सुधारका पक्षमा समय समयमा आवाज उठाउँदै आएको यूनिट्राभले यसअघि नै यस विषयमा सम्बन्धीत निकायको ध्यानाकर्षण गराएको पनि जनाएको छ । तर सम्बन्धित निकाय यस विषयप्रति बेखबर जस्तै बनेको भन्दै उसले मजदुर मारेर एयरपोर्ट चलाउनुको आवश्यकता नरहेको भन्दै मजदुरले पाउनुपर्ने रकम तथा सुबिधा समयमै उपलब्ध नभए एयरपोर्ट ठप्प पारिदिने दिएको चेतावनी छ ।

प्रकाशित मितिः २०७३ असोज १५

वि.सं.२०७३ असोज १५ शनिवार १६:३६ मा प्रकाशित

You can share this post!

प्रधानसेनापतिद्वारा केसीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान   

प्रधानसेनापतिद्वारा केसीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान   

वि.सं.२०८२ असार १३ शुक्रवार १७:१२

काठमाडौँ : प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा बढुवा हुनुभएका गौरवकुमार...

सेरेसले नेपालभर सुरु गर्यो मनसुन एक्सचेन्ज क्याम्प, उत्कृष्ट भ्यालुएसन र एक्सचेन्ज बोनसको ग्यारेन्टी

सेरेसले नेपालभर सुरु गर्यो मनसुन एक्सचेन्ज क्याम्प, उत्कृष्ट भ्यालुएसन र एक्सचेन्ज बोनसको ग्यारेन्टी

वि.सं.२०८२ असार १३ शुक्रवार १७:०३

काठमाडौं । सेरेस नेपालले असार १२ गतेदखि सुरु भएर १८...

दूध किसानलाई बक्यौता भुक्तानी गर्न निर्देशन   

दूध किसानलाई बक्यौता भुक्तानी गर्न निर्देशन   

वि.सं.२०८२ असार १३ शुक्रवार १६:५३

काठमाडौँ : सरकारले देशभरका दूध उत्पादक कृषकको करिब रु तीन...

ग्लोबल आइएमई बैंकद्वारा अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा ‘हाटबजार’ को २५औं हप्ता भव्य रुपमा सम्पन्न

ग्लोबल आइएमई बैंकद्वारा अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा ‘हाटबजार’ को २५औं हप्ता भव्य रुपमा सम्पन्न

वि.सं.२०८२ असार १३ शुक्रवार १६:४६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय लघु, साना तथा...

मुग्लिन पोखरा सडकः पूर्वी खण्डको कालोपत्र सकिएपछि खुसियाली   

मुग्लिन पोखरा सडकः पूर्वी खण्डको कालोपत्र सकिएपछि खुसियाली   

वि.सं.२०८२ असार १३ शुक्रवार १५:१६

दमौली (तनहुँ) :  मुग्लिन पोखरा सडकअन्तर्गत पूर्वी खण्डको कालोपत्रको काम...

सुनको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८२ असार १३ शुक्रवार १५:०९

काठमाडौं। साताको अन्तिम कारोबार दिन सुनको भाउमा भारी गिरावट आएको...