back
NMB ad

घुस लिने दिने वैदेशिक रोजगार विभागका शाखा अधिकृत र शिक्षक घुससहित पक्राउ

Kumari bank ad

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग काठमाडौँका शाखा अधिकृत रमेश लामिछानेलाई रु १० लाख घुससहित आज पक्राउ गरेको छ ।

आयोगको विशेष टोलीले शाखा अधिकृत कानुन बमोजिम प्रक्रिया पूरा भई दर्ता गर्नुपर्ने वैदेशिक रोजगार संस्थासँग दर्ता प्रमाणपत्र लिने प्रयोजनका लागि विभिन्न बहानामा घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले आज अभियुक्त लामिछानेलाई बिजुली बजारको एक रेस्टुराँबाट पक्राउ गरेको हो । घुस रकम पु¥याउने शिक्षक अनिल पौडेललाई समेत पक्राउ गरिएको आयोगका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

यस्तै आयोगले जिल्ला मालपोत कार्यालय सर्लाहीका नासु रामनरेश रायलाई रु १२ लाख २५ हजार घुससहित पक्राउ गरेको छ । ईश्वरपुर नगरपालिका वडा नं ६ का स्वबासीको जग्गा दर्ताका क्रममा प्रतिधुर रु १० हजारका दरले घुस लिँदालिँदै उनलाई थलामा नै पक्राउ गरिएको हो । अभियुक्त नासु रायले घुस लिँदै गरेको भन्ने सूचनाका आधारमा आयोगको बर्दिबास कार्यालयबाट गएको टोलीले आइतबार मलङ्गवा–१० पक्राउ गरेको आज जारी विज्ञप्तिमा जनाइएको छ ।

१७ असोज

वि.सं.२०७३ असोज १७ सोमवार २०:२८ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...