back
NMB ad

नागढुंगा–नौबिसे खण्डमा गाडी बिग्रेमा पन्छाउने हेभि इकुपमेन्ट खोई सरकार ?

Kumari bank ad

देशभरीका सवारी साधन काठमाडौ केन्द्रित

देशभरीका सवारी साधनलाई काठमाडौँ केन्द्रित गरेर राष्ट्रिय पर्वमा सबै नेपालीलाई घर पुर्याउनेक्रममा हामी युद्धस्तरमा काम गरिरहेका छौं । यातायात क्षेत्रका सबै सरोकारवालासँग छलफल गरी सरकारलाई सडक सुधारका कुरा गरेका छौं । सडकको कारणले अहिले पनि अन्यौलता भएपनि हामी हाम्रो काममा नियमित लागिरहेको परिस्थिति छ ।

यातायात मन्त्रीले सडक सुधार्ने प्रतिबद्धता जनाएपछि…

हिजो नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघको आकस्मिक बैठक बसेर मुलुकभरिकै सबै सवारी साधनलाई राजधानी केन्द्रित गर्ने निर्णय गर्यौं । र हिजै मन्त्रालयमा गएर भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखक सँग महत्वपूर्ण कुराकानी पनि भयो । कलंकी–नागढुंगाको सडकको खाल्डाखुल्डीलाई अस्थायीरुपमा भएपनि पुर्ने र सहज यात्राको वातावरण बनाउने, कलंकी मकालु पेट्रोलपम्प भएर नागढुंगा निस्कने सडकलाई पनि संचालनमा ल्याउन र त्यसको अस्थाई सुधार गर्ने, खाल्डाहरु पुर्ने, मुग्लिन–नारायणघाट खण्डमा यात्रुलाई अप्ठेरो पर्न नदिने वातावरण मिलाउने भनेर मन्त्रीले विश्वास दिलाउनुभएको छ । मन्त्रीले सडक विभागका महानिर्देशकलाई निर्देशन दिएर कलंकी–नागढुंगाको सडक, मुग्लीन–नारायणघाटको सडक र देशैभर भएको खाडल पुर्ने काम सक्न भन्नुभएको छ । त्यहाँ भएका खाल्डालाई गिट्टी, वालुवाले पुरेर अस्थाई रुपमा सडक सम्म बन्नेछ ।

८ लाख मानिस घर गईसके

आजसम्म करिब ८ लाख मानिस त घर गईसके । अब ४÷५ दिन ठूलो अभ्यास गर्नुपर्नेछ । यात्रुहरु र सरोकारवालामा आक्रोस नबन्ने वातावरण बनाई संयमित ढंगले घर पुर्याउनु हामी व्यवसायी, सरकार, मजदुर देखि सबै यात्रु, उपभोक्ताको पनि दायित्व हो ।

संघ संस्था मार्फत तेल हालेर भएपनि सेवा दिन्छौं

सबै उपभोक्ताले आफ्नो–आफ्नो ठाउँबाट भूमिका खेलौं भनेर भन्न चाहन्छु । संघ संस्था मार्फत तेल हालेर भएपनि देशभरका सवारी साधनले वान वे (एकतर्फी) यात्रु बोक्ने काम हुन्छ । सेवा दिन्छौं । सबै सवारी राजधानी आउने वातावरण बनाउनेछौं । यात्रुहरु घर पुग्न पाउनुहुन्छ ।

नागढुंगा–नौबिसे खण्डमा गाडी बिग्रेमा पन्छाउने हेभि इकुपमेन्ट खोई सरकार ?

नागढुंगा–नौबिसेमा गाडी बिग्रेर बसेको हुनसक्छ । त्यहाँ हेभि इकुपमेन्ट लगेर बिग्रेका सवारीलाई हटाएर राख्ने व्यवस्था गर्ने भनिएको थियो । तर सरकारी निकायले त्यो गरेको छैन । हामी तत्काल त्यो व्यवस्था गराउन पनि सरकारसँग आग्रह गर्दछौं । साथै मुलुकभरका यातायात व्यवसायी, मजदुर, चालक, परिचालकले संयमित ढंगबाट आफ्नो दायित्व पूरा गर्न र उत्तेजित नभई काम गर्न निर्देशन पनि गर्दछु ।

एक हप्ताको पर्व क्राइसिस म्यानेज हुन्छ

विगतमा नाकाबन्दीका कारण भएको क्राईसिसलाई पनि हामीले म्यानेज (व्यवस्थापन) गरेकै हो । अहिले पर्वका बेला यो एक हप्ताको पर्व क्राईसिस हो । सबैको समन्वयकारी भूमिका भएमा यातायात व्यवसायीले यो क्राईसिस म्यानेज गर्नेछ ।

विगतका दशैंमा जस्तो छतमा यात्रुहरु हुँदैनन्

एक हप्ताको अबधिमा करिब २० लाख यात्रुलाई उपत्यका बाहिर लैजाने कुरा सामान्य कुरा छैन । त्यसकारण सबै क्षेत्रको समन्वयकारी भूमिका चाहिन्छ । तर विगतका दशैंमा जस्तो छतमा यात्रुहरु हुँदैनन् । गाडीभित्र व्यवस्थित ढंगले र यात्रुहरुलाई दुर्घटनारहित ढंगबाट गन्तव्यमा पुर्याउन हामीले प्रयास गरिरहेका छौं । त्यो काम हामी गर्छाै । यसपाली कुनैपनि गाडीका हुटमा÷छतमा यात्रु हुँदैनन्, बस्दैनन् ।

प्रकाशित मितिः २०७३ असोज 18

वि.सं.२०७३ असोज १८ मंगलवार ११:४३ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...