
चितवन, १९ असोज । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले समयमा निर्वाचन हुन नसके संवैधानिक र राजनीतिक रिक्तता आउने बताएका छन् ।
प्रेस चौतारी नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले निर्वाचनलाई टार्ने षड्यन्त्रपूर्ण खेल भइरहेको बताए । आगामी वर्षको माघ ७ भित्र तीनै निकायको निर्वाचन गराउनै पर्ने बताउँदै पोखरेलले त्यसो नभएमा दलहरूको भूमिका समेत निष्प्रभावी भएर राजनीतिक सङ्कट निम्तिने संभावना औँल्याए ।
अहिले संविधान संशोधनको औचित्य नरहेको र भए संशोधनको ठोस प्रस्ताव ल्याउन नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)लाई आग्रह गरे । संविधान संशोधनका विषयमा छलफल भइरहे पनि ठोस प्रस्तावमाथि अहिलेसम्म छलफल नभएको उनको भनाइ थियो ।
वि.सं.२०७३ असोज १९ बुधवार १९:४६ मा प्रकाशित