back

चिलिमे–त्रिशूली प्रसारण लाइन निर्माणमा सात अर्ब सहयोग

Kumari bank ad

काठमाडौँ, १९ असोज । युरोपेली सङ्घ, युरोपेली इन्भेस्टमेन्ट बैंक, जर्मन सहयोग नियोगले संयुक्त रुपमा चिलिमे–त्रिशूली प्रसारण लाइन निर्माणमा करिब रु सात अर्ब २८ करोड (६५ मिलियन युरो) सहयोग गर्ने भएका छन् ।

रसुवामा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् काठमाडौँ ल्याउनका लागि निर्माण गर्न लागिएको सो प्रसारण लाइन निर्माणका लागि संयुक्त रुपमा लगानी गर्न लागिएको आज ललितपुरमा आयोजित एक कार्यक्रममा जानकारी दिइयो ।

कुल २७ किलोमिटर लामो सो प्रसारण लाइन सन् २०१९ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । समारोहलाई सम्बोधन गर्दै ऊर्जामन्त्री जनार्दन शर्माले नेपालको ऊर्जा सङ्कटलाई समाधान गर्न महत्वपूर्ण मानिएको सो प्रसारण लाइन समयमै सम्पन्न गर्न सरकारको तर्फबाट सबै प्रकारको सहयोग उपलब्ध गराइने बताए।

प्रसारण लाइन निर्माण सम्पन्न हुने हो कि होइन भन्ने आशङ्काकाबीचमा चिलिमे जलविद्युत् आयोजनाले निर्माण गरिरहेको सान्जेन, माथिल्लो सान्जेन, रसुवागढी जलविद्युत् आयोजनाको कामसमेत प्रभावित हुँदै आएको छ ।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चिलिमे–त्रिशूली प्रसारण लाइन प्राधिकरणको महत्वपूर्ण आयोजना भएकाले समयमै सम्पन्न गर्न आफ्नोतर्फबाट पूर्ण सहयोग रहने बताए ।

उनले चिलिमेमा रहेको जग्गाप्राप्तिको समस्यासमेत पछिल्लो पटक समाधान भएकाले आयोजनाको काम शीघ्र अगाडि बढ्ने विश्वास व्यक्त गरे । कार्यक्रममा यहाँस्थित युरोपेली सङ्घका राजदूत रेन्चे टेरिकले नेपालको महत्वपूर्ण जलविद्युत् आयोजनामा सहयोग गर्न पाउँदा आफूहरुलाई खुसी लागेको र परियोजना समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे ।

प्राधिकरणले आगामी कात्तिकको पहिलो साता सो प्रसारण लाइन निर्माणका लागि ठेक्का आह्वान गर्ने तयारी गरेको कार्यक्रममा जानकारी गराइयो ।

वि.सं.२०७३ असोज १९ बुधवार १९:४१ मा प्रकाशित

You can share this post!

यसरी फेरियो पुम्दीकोटको परिचय   

यसरी फेरियो पुम्दीकोटको परिचय   

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४७

अन्नपूर्ण (कास्की), २५ मङ्सिर : पोखरा घुम्न आएका पर्यटक पोखरा...

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४२

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज मंसिर २५ गते...

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

वि.सं.२०८० मंसिर २५ सोमवार १०:३१

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको...

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:२१

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको...

ग्लोबल आइएमई लघुवित्तले घोषणा गर्यो लाभांश

ग्लोबल आइएमई लघुवित्तले घोषणा गर्यो लाभांश

वि.सं.२०८० मंसिर २५ सोमवार १०:१५

काठमाडौं। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ...

आत्मनिर्भर लघुवित्तद्वारा लाभांश घोषणा

आत्मनिर्भर लघुवित्तद्वारा लाभांश घोषणा

वि.सं.२०८० मंसिर २५ सोमवार १०:१०

काठमाडौं।आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको...