back
NMB ad

दशैं : खसी किन्नुभयो या किन्दै हुनुहुन्छ ? पढ्नुहोस् खसीको मासु बारे जान्नै पर्ने तथ्य !

Kumari bank ad

यस वर्ष दशैंमा काठमाण्डौ उपत्यकामा मात्र करिब ५५ हजार खसी बोका र च्यांग्रा भित्रिसकेका छन् । नेपाल खाद्य संस्थान र चौपाया खरिदविक्री संघका अनुसार ५० हजार खसी बोका र ५ हजार च्याँग्राको बिक्री हुँदैछ । एक तथ्यांकका अनुसार उपत्याकामा दशैंमा मात्र ११ देखि १२ लाख किलो खसी–बोकाको मासु खपत हुन्छ ।

 भारतबाट राँगा र भैँसी दुई लाख ४७ हजार २२५, खसीबोका र बाख्रा २६ लाख ४८ हजार ५४१ र अस्ट्रेलियाबाट चार लाख ७९ हजार १३४ वटा खसीबोका र बाख्रा आयात गरिएको थियो । सबैभन्दा धेरै भारतबाट जम्मा रु तीन अर्ब ४१ लाख ९८ हजारको र अस्ट्रेलियाबाट खसीबोका र बाख्रा गरी रु तीन करोड ४८ लाख ८९ हजारको आयात भएको तथ्याङ्कमा उल्लेख छ ।

यसपालीको दशैंमा खसी महंगो भएको छ । अहिले प्रति किलो ९ सय रुपैयाँ पुगीसकेको खसीको मासु दशैंसम्म १२ सय रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

 बालबालीकाका लागि केही हदसम्म खसीको मासु खुवाउनै पर्छ । खुसीको मासुमा प्रशस्त मात्रामा जिंक पाइन्छ, जुन केटाकेटी तथा किशोरकिशोरीका लागि रोगप्रतिरोधात्मक क्षमता बढाउन सहयोगी हुन्छ । यसमा आइरन बढी मात्रामा हुन्छ । यसले युवा, वृद्धवृद्धा, बच्चा र अपरेशन गरिएका बिरामीलाई लाभ गर्छ ।

 मासुमा सबैभन्दा बढी प्रोटिन पाइन्छ । मांसपेशी तथा शरीरका अवयवको विकासका लागि यो अत्यावश्यक छ । विशेष गरेर दुब्ला÷पातला मानिसका लागि मासु खानैपर्छ । यसमा भिटामिन, खनिज, फसफोरस, पोटासियम, म्याग्नेसियम र चिल्लो पदार्थ पाइन्छ । तर, खसीको मासु धेरै खानु ४० वर्ष उमेर कटीसकेकालाई हानीकारक छ ।

 खसीको मासुलाई रातो मासु भनिन्छ जसले खराब कोलेस्ट्रोल बढाउँछ, जसले गर्दा रक्तनली साँघुरो भई उच्च रक्तचाप, हृदयाघात, पक्षघातसमेत हुनसक्छ । यसले युरीक एसिड तथा बाथ गराउँछ । आन्द्राको क्यान्सर हुनसक्छ । अल्जाइमर रोग लाग्न सक्छ । हड्डीमा समस्या देखापर्छ । स्तन क्यान्सर हुनसक्छ । मोटोपना बढ्छ । कब्जीयत हुन्छ । फोक्सो, खाद्यनली, कलेजो, प्यांक्रीयाज तथा आन्द्राको क्यान्सर हुनसक्छ ।

 रातो मासु अर्थात खसी, बोका, राँगा, बँदेल, भेडा आदिको मासुमा प्रोटिनका साथै फ्याटी एसिड पनि प्रशस्त मात्रामा हुन्छ । जसका कारण मासुमा भएको कोलेस्टेरोलले भन्दा यसमा भएको फ्याटी एसिडले शरीरलाई हानी पु¥याउँछ । शरीरभित्र कोलेस्टेरोल फ्याटी एसिडसँग मिलेपछि खराब चिल्लो बन्छ । सकेसम्म आँखाले देखिने चिल्लो वा बोसो निकालेर थोरै मात्र तेलको प्रयोग गरी पकाएको मासु वा उसिनेको मासु खानु कम हानिकारक हुन्छ ।

 तेलमा कोलेस्टोरल हँुदैन तर अनस्याच्यूरेटेड फ्याट बढी हुन्छ । यस्तै घिउमा कोलेस्टेरोल र स्याच्यूरेटेर फ्याट बढी हुन्छ, जुन मुटुका लागि बढी हानिकारक छ । चिकित्सकहरू दशैंमा भान्सामा सकेसम्म चिल्लो पदार्थको प्रयोग घटाउन सुझाव दिन्छन् । त्यसमा पनि विभिन्न मीठाई र मरमसला बनाउन चिल्लो पदार्थलाई धेरैपल्ट तताएर समेत प्रयोग गरिन्छ । जति धेरैपटक ततायो, उति नै त्यसमा ट्रान्सफ्याट उत्पन्न हुन्छ, जुन स्वास्थ्यका लागि धेरै हानिकारक छ ।

 नर्भिक अस्पतालका चिकित्सक डा. भरत रावतका अुनसार मोटोपना, मधुमेह, उच्च रक्तचाप तथा मुटुको रोग भएका व्यक्तीका लागि खसीको मासु विलकुल हानीकारक छ । हालै विश्व मुटु दिवसका अवसरमा डा रावतले भनेका थिए, ‘चाड पर्वमा घरमा आउने छोरा बुहारी, छोरी ज्वाईं र अन्य पाहुनालाई टन्न खसीको मासु खुवाएर रोगी बनाउने काम बन्द गरौं । खाए पनि सन्तुलित मात्रामा खाऔं । किनकी, खसीको मासुमा रहेको बोसो नै मुटु रोगको एउटा प्रमुख कारण हो । चाडपर्वमा खसी, राँगो, बंगुरको मासुभन्दा माछा, कुखुराको मासु खानु स्वस्थकर छ ।

 मासु खाँदा सागपात, फाइबर, फलफूल, दही र प्रशस्त पानी एवं भात, रोटी खानुपर्छ । दिनमा न्यूनतम एक घन्टा हिंडने, व्यायाम, योग तथा शक्रिय जिवन बिताउँनुपर्छ । दशैंको बेलामा पनि व्यायाममा विश्राम दिनुहुदैन । व्यायाम गरेपछि केही मात्रामा मासु खाँदा केही हानी हुँदैन ।

 मासुलाई भुुटेर भन्दा पनि थोरै वनस्पती वा जैतुनको तेल राखेर उसीनेर पकाउनुपर्छ । त्यसपछि बल्ल चेरी, लसुन, दालचिनी, अलैँची, ल्वाङको तेल मिसाउने । यसरी पकाउँदा मासु स्वस्थकर हुन्छ । मासुसँगै ग्रीन चिया वा दही खानुपर्छ । यसले हाम्रो पाचनकृयामा सघाउँछ ।

 मासुमा बोसो सबैभन्दा हानिकारक हुन्छ । यसबाट खराब कोलेस्ट्रोल र ट्राइग्लेसेराइड बढेर हृदयाघात हुनसक्छ । तसर्थ, मासु पकाउँदा पशुको बोसोे कम गरी सूर्यमुखी तेल, भटमास, मकै, माछा, बदाम आदिको तेलमा पकाउनुपर्छ ।

 मासुलाई पोलेर वा डढाएर खाँदै नखानुस । सेकुवा वा पोलिएको खानेकुरा शरीरका लागि घातक हुन्छ । पोलेको मासुले श्वासप्रश्वास र फोक्सोमा ‘एलर्जी’ गराउने चिकित्सकहरु बताउँछन् । यसबाट क्यान्सरको अत्याधिक सम्भावना हुन्छ ।

 चाड पर्वकै मौका पारी व्यापारीहरु बिरामी पशुपंक्षी पनि ग्राहकलाई भिडाउँछन् । जथाभावी फोहोर ठाउँमा काट्ने, राम्रोसँग सफा नगर्ने, सुरक्षीत भण्डारण नगर्ने र बासी मासुको विक्री बढ्दो । त्यही मासु घरमा ल्याएर पकाउने, लामो समयसम्म राख्ने र खाने गर्दा झाडाबान्ता, अपच, रक्तचाप, क्यान्सरको खतरा बढ्दो छ । चिकित्सकका अनुसार मासुलाई स्वस्थ बनाउन फ्रिजमा १.५ सेन्टीग्रेडमा राख्ने र मजाले पकाएर मात्र खानुपर्छ ।

२० असोज २०७३, ३।००

वि.सं.२०७३ असोज २० बिहीवार १४:४९ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...