back

चिन्तित हुनुहुन्छ भने मुड चेञ्ज गर्नुहोस्, किनकी दशैं सुरु भइसक्यो !

दशैं शुरु भइसक्यो । दशैं भनेको रमाइलो गर्ने चाड हो, चिन्ता गर्ने चाड होइन । तर, दशैं कसरी मनाउने त ? दशैं मनाउने सबैको आ–आफ्नो अलग–अलग तरीका हुन सक्छ । तै पनि यसपालिको दशैंलाई अझ रोमाञ्चक र सम्झनलायक बनाउने केही उपाय यहाँ प्रस्तुत छन् :

 मदिराले नुहाउनुहोस् : नवरात्रिभरि पूजा गरेर हरेक दिन बागमतीको शुद्ध पानीले नुहाउने चलन पुरानो भयो । धाराको पानीले पनि के नुहाउनु ? मिनरल वाटरले त झन् कुरै आएन । त्यसैले अब पानीको सट्टा मदिराले नुहाउन थाल्नुपर्छ । त्यही भएर चार दर्जन मदिरा कम्पनीले नपुगेर सरकारले हालै अरु थुप्रै दर्जन मदिरा उत्पादन गर्ने कम्पनीहरुलाई लाइसेन्स दिन शुरु गरेको छ । पानीको हाहाकार भएर के भो र ? आधुनिक नेपालीलाई रक्सी, बियरले नै नुहाउने सरकारले राम्रो अवसर जुटाइदिएको छ । सडकमा ट्राफिकले मापसे चेक गर्ने चिन्तै नगर्नुहोस् । किनकी ट्राफिक पनि दशैंको मुडमा गइसक्यो ।

 घरलाई जुवाघर बनाउनुहोस् : चाडबाडले घरको बैठक कोठालाई जुवाघरमा परिणत गर्न मद्दत गर्दछ । माओवादी नेतृत्वको सरकारले देशमा क्रान्ति गरेर लोडशेडिङ दैनिक १८ घण्टाबाट १२ घण्टामा झारेको खुशियाली पनि मनाउनु छ । पिउने, जुवा खेल्ने र ग्याङ फाइटजस्ता अतिरिक्त क्रियाकलापलाई प्रवद्र्धन गर्नमा यसले अवश्य पनि महत्वपूर्ण भूमिका खेल्छ । फ्लास, म्यारिज, कल ब्रेकजस्ता बौद्धिक र आर्थिक खेलकूदलाई बढावा दिन सरकारले हप्तामा दुईदिने बिदा दिने योजना ल्याइसकेकै छ । त्यति खेल खेलेर पनि नपुग्ने सम्पन्न खेलप्रेमी नेपाली बौद्धिक र आर्थिक हुनुहुन्छ भने तपाईंका लागि माओवादी संरक्षित क्यासिनोहरु सधैं खुलै रहनेछन्, जहाँ दशैं कहिल्यै खत्तम हुने गरेको छैन ।

 हल्ली खल्ली मच्चाउनुहोस् : पहिले–पहिले दशैंमा भजन कीर्तन गाएर, नाचेर हल्ला गरिन्थ्यो । त्यो पुरानो भइसक्यो । यो आधुनिक जमानामा साँच्चै दशैं आएको जनाऊ दिनका लागि साथी–भाइ जम्मा पारेर फुल भोल्युममा रक वा पप म्यूजिक बजाएर घरलाई नै डिस्कोथेक बनाउनुहोस् ता कि छिमेकीहरुले पनि सित्तैमा यसको मज्जा लिन सकून् ।

 उपहार र छूटको लहर समाउनुहोस् : हिजोआज दशैंमा प्रत्येक सामान खरीद गर्दा छूट पाइन थालेको छ । जस्तै, घर किन्दा घरै उपहार, कार किन्दा कार वा बाइक सित्तैमा आदि । यी छूट र उपहार लिन नछुटाउनुहोस् । किनकी घरमा केटाकेटी छन् भने यसरी छूटमा आएको घर वा कार उनीहरुलाई पनि काम लाग्न सक्छ । ती सामानहरु खरीद गर्न पैसा छैन भने पनि चिन्ता छैन, बैङ्कले ऋण दिन्छन् । बैङ्कले ऋण नदिए पनि यत्तिका सहकारी वा ढुकुटी खेलाउनेहरु छँदै छन् नि ।

 लगानी गर्नुहोस् : थोरै लगानीले नै भविष्यमा राम्रो प्रतिफल दिने मौका दशैंजस्ता चाडबाडले प्रदान गरिरहेको हुन्छ । त्यसैले सरकारी अधिकारी, राजनीतिक नेता, अण्डरवल्र्ड डन तथा भविष्यमा काम लाग्ने अरुहरुलाई पनि ‘गिफ्ट हेम्पर’, स्कच बोतल वा त्यस्तै केही पठाउनुहोस् । चाडबाडमा दिएको यस्तो उपहारलाई घुस भनिँदैन । यो त एक प्रकारको लगानी पो हुन्छ त ।

मस्त रहनुहोस् : महँगीका कारण ऋणमा परेको कुरा बिर्सनुहोस् । महँगी विश्वव्यापी समस्या हो । चाडबाड भनेको खाने, पिउने र मस्त हुने हो । त्यसैले बरु चिल्ड बियर वा ह्विस्की अन द रक्स पिउँदै दिमाख ठण्डा बनाउनुहोस् अनि पूर्ण मस्त भएर दशैं मनाउन शुरु गरिहाल्नुहोस् ।

– मदन लम्साल, आर्थिक अभियान दैनिक ।
२१ असोज २०७३, १०।३२

वि.सं.२०७३ असोज २१ शुक्रवार १०:२० मा प्रकाशित

You can share this post!

नीतिमै समस्या छ, मेरो कामबाट आफैं सन्तुष्ट छैन

नीतिमै समस्या छ, मेरो कामबाट आफैं सन्तुष्ट छैन

वि.सं.२०७९ माघ २० शुक्रवार १९:४७

हामी राज्यका विभिन्न ठाउँमा बस्छौं, काम गर्छौं, एउटा नासुको लेभलदेखि...

रोल्पा चलचित्र छायांकनका लागि ‘भर्जिन ल्याण्ड’

रोल्पा चलचित्र छायांकनका लागि ‘भर्जिन ल्याण्ड’

वि.सं.२०७९ माघ ९ सोमवार १४:२३

रोल्पा । चलचित्र छायांकनका लागि रोल्पाले थुप्रै सम्भावना बोकेको चलचित्रकर्मीहरुले...

बैंकर मनोज ज्ञवालीको नजरमा आर्थिक सुचकांकमा आएको सुधार र विचार पुर्याउनु पर्ने ११ तथ्यहरु

बैंकर मनोज ज्ञवालीको नजरमा आर्थिक सुचकांकमा आएको सुधार र विचार पुर्याउनु पर्ने ११ तथ्यहरु

वि.सं.२०७९ माघ ३ मंगलवार २३:३४

आर्थिक बर्ष २०७९/८० का पहीला पाँच महीना : गत आर्थिक...

आफ्नै फिल्म हेर्दैनन् यी कलाकार

आफ्नै फिल्म हेर्दैनन् यी कलाकार

वि.सं.२०७९ पुस ३० शनिवार २०:४९

मुम्बई । बलिउड स्टार दर्शकले आफ्नो काम मनपराउन भनेर फिल्ममा...

चलचित्र पत्रकारलाई सामाजिक सुरक्षाभत्ता दिने

चलचित्र पत्रकारलाई सामाजिक सुरक्षाभत्ता दिने

वि.सं.२०७९ पुस २२ शुक्रवार १०:५३

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले ६० वर्ष उमेर पुगेका...

चलचित्र क्षेत्रको प्रवर्द्धनका लागि ‘अटो यात्रा’

चलचित्र क्षेत्रको प्रवर्द्धनका लागि ‘अटो यात्रा’

वि.सं.२०७९ पुस १९ मंगलवार १२:४९

चितवन । चितवनमा चलचित्र उद्योगको प्रवर्द्धनका लागि ‘अटो यात्रा’ हुने...