back
NMB ad

आयो इन्स्योरेन्सको सेयर, १७ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद !

Kumari bank ad

काठमाण्डौं । प्रभु इन्स्योरेन्सले लगानीकर्तालाई १७ प्रतिशत बोनस बितरण पश्चात कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव सहित साधारण सभा बोलाएको छ । इन्स्योरेन्स सञ्चालक समितिको बैंठकले हाल कायम चुक्ता पूँजीको १७ प्रतिशत बोनस तथा सोको कर प्रयोजनका लागि शुन्य दशमलव ७३४ प्रतिशत नगद लाभांसको प्रस्ताव सहित साधारण सभा बोलाएको हो ।

कम्पनीले आगामी कात्तिक १२ गतेका लागि साधारण सभा बोलाएको छ । साधारण सभा तथा बोनस प्रयोजनका लागि कात्तिक २ गते मंगलबारदेखि १२ गतेसम्म सेयरधनी पुस्तिका बन्द हुने कम्पनीले जनाएको छ । कम्पनीले प्रस्ताव गरेको बोनस सुरक्षित गर्नका लागि लगानीकर्ताले कात्तिक १ गते सोमबारसम्ममा कम्पनीको सेयर खरिद गरिसक्नु पर्नेछ ।

अहिले ३२ करोड ९० लाख ७३ हजार रुपैंया चुक्ता पूँजी रहेको कम्पनीको १७ प्रतिशत बोनस बितरण पश्चात चुक्ता पूँजी ३८ करोड ५० लाख १५ हजार रुपैंया पुग्नेछ ।

२१ असोज २०७३, १।००

वि.सं.२०७३ असोज २१ शुक्रवार १६:०२ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...