back
NMB ad

घोप्टे भीरमा घिमिरेको शव भेेटियो

Kumari bank ad

ghoptebhir accident photoकाठमाडौँ । १४ दिनअघि पूर्व गृहमन्त्री तथा पूर्व मुख्यसचिव माधव घिमिरेसहित त्रिशूली नदीमा हराइरहेका मोहन घिमिरेको शव फेला परेको छ । प्रहरीका अनुसार देवघाटभन्दा केही माथि दुर्घटना भएको ठाउँभन्दा २७ किलोमिटर टाढा दासढुंगा नजिक घुमाउने भन्ने ठाउँमा घिमिरेको शव फेला परेको हो । उनी माधवका काकाका छोरा हुन् ।
सशस्त्र प्रहरीको विपद् व्यवस्थापनका डिएसपी राजु श्रेष्ठका अनुसार स्थानीयले देखेको सो शवमा रहेको मोहन घिमिरेको चालक अनुमति पत्र (लाइसेन्स) सँगै भेटिएकोले शव चिनिएको हो । नारायणगढबाट सशस्त्र प्रहरीका तथा नेपाल प्रहरीका एक एक प्रहरी निरिक्षक घटनास्थल तर्फ प्रस्थान गरिसकेको तथा लास चाँडै काठमाण्डौ ल्याइने पनि स्रोतले बताएको छ ।
प्रहरी प्रवक्ता हेमन्त मल्लका अनुसार हराइरहेका अन्यको खोजी जारी छ । असोज ९ गते आइतबार सबेरै त्रिशूलीमा खसेको जिपमा पूर्व गृहमन्त्री घिमिरेसहित अन्य दुईजना अझै हराइरहेका छन् । मुक्तिनाथबाट फर्किंदै गर्दा मुग्लिनबाट काठमाडौंतर्फ आउने क्रममा जिप सडकबाट नदीमा खसेको थियो । जिप अहिलेसम्म फेला परेको छैन ।
खसेको स्थानमा पानी करिब ३०–४० मिटर गहिरो भएको र पानी अत्यन्त धमिलो र बहाव अत्यन्त तीव्र भएको कारण सो मोटर पत्ता लाग्न नसकेको उद्धारमा सम्मिलित सशस्त्रको टोलीले बताएको छ । हिजो १३ औं दिन (दूर्घटना परेको दिन समेत गन्दा) को क्रिया सकेर आज पाल्पातर्फ जाँदै गरेका घिमिरेका नजिकका नातेदार सो समाचार बसमै सुनेर शव पाइएको स्थानमा ओर्लने मनस्थितीमा छन् ।

वि.सं.२०७३ असोज २२ शनिवार ११:२९ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...