back
NMB ad

भूकम्पपीडितलाई घर बनाउन रु २१ लाख सङ्कलन

Kumari bank ad

रत्ननगर (चितवन), २८ असोज । गोरखा भूकम्पले क्षति पु¥याएको चितवनको पहाडी गाविस कविलासका ७० परिवार भूकम्पपीडितलाई घर बनाउन एक व्यक्तिले आर्थिक सङ्कलन गरेर रु २१ लाख सहयोग गर्नुभएको छ ।

चितवन शुक्रनगर स्थायी घर भई जर्मनीमा बस्दै आउनुभएका चितवन समाज जर्मनीका अध्यक्ष यज्ञराज सुवेदीमार्फत यहाँका ७० घर भूकम्पपीडितलाई रु २१ लाख रुपैयाँ सहयोग प्राप्त भएको गाविसका सचिव प्रद्युम्न खड्काले जानकारी दिए ।

सरकारबाट उपलब्ध भएको प्रतिपरिवार रु १५ हजार रकम र सुवेदीमार्फत आएको सहयोगबाट ट्रस्ट खडा गरेर यहाँका ७० भूकम्पपीडितको घर निर्माण गरिएको खड्काले जानकारी दिए । “प्रतिघर रु ४५ हजार सहयोग गरिएपनि बनाउन सक्नेले रु तीनलाखदेखि चारलाख लगानी गरेका छन्”, खड्काले भने, “नसक्नेले सामान्य बारबेर गरेरै भएपनि नयाँ घर बनाएका छन् ।”

उक्त गाविसमा भूकम्पका कारण १३५ घर पूर्ण क्षति भएका थिए । चितवनमा भूकम्पका कारण तीनहजार सातसय घर क्षति भएको तथ्याङ्क छ । सरकारले दिने भनेको अन्य रकम भने विभिन्न जिल्लामा वितरण हुँदा पनि चितवनमा कुनै प्रक्रिया सुरु हुन सकेको छैन ।

सुवेदीले सङ्कलन गरेको प्रतिपरिवार रु ३० हजार र सरकारका तर्फबाट प्रतिपरिवार रु १५ हजारका दरले आएको रकमबाट घर निर्माण भएको हो । भूकम्पपीडितलाई अहिले ती घर हस्तान्तरणसमेत भइरहेको कविलास गाविसले जनाएको छ ।

सुवेदीले कविलास गाविसमा भइपरी आउने घटनालाई सहयोग गर्नका निम्ति अक्षयकोष स्थापना गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग जारी राख्ने प्रतिबद्धता जनाए ।

सोही क्षेत्रका सांसद कृष्णभक्त पोखरेलले विदेशमा रहेर पनि आफ्नै गाउँ ठाउँमा सहयोग गरेकोप्रति खुसी व्यक्त गरे । स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले विदेशमा पुनःनिर्माणका लागि सहयोग जुट्नु महत्वपूर्ण कुरा भएको बताए ।

वि.सं.२०७३ असोज २८ शुक्रवार १५:५६ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...