back

कतै तपाईको जग्गा बाँझै त छैन ? सरकारले लैजाला है !

Kumari bank ad

काठमाण्डौं । कतै तपाईले आफ्नो जग्गा जमिन बाँझै राख्नु भएकोत छैन ? छ भने आजै सजग हुनुहोस् । सरकारले भूमि सुधार नीतिमा परिवर्तन ल्याउँदैछ । यसका साथै जग्गा बाँझो राखे सरकारले लिने नीति तयार पार्नुका साथै खेतीयोग्य जग्गा बाँझो राखेमा  हर्जाना लगाउने सम्मको तयारी सरकारले गर्न थालिसकेको छ।

भुमिसुधार तथा व्यवस्थापन विभाग हदबन्दी शाखा प्रमुख वासुदेव हुमागार्इँले  बाँझो जग्गा राखे गुम्ने खतरा रहेको बताए। हुमागाईंका अनुसार जग्गा खाली छोड्नुभन्दा तार÷वार लगाएर छोड्ने वा रुख विरुवा रोपेर छोड्नु राम्रो हो।

उनका अनुसार आफ्नो जग्गा भएको ठाउँमा वर्षको एकपटक आएर हेर्नुपर्छ। उनले भूमिसुधार नीतिमा परिवर्तन गर्ने अन्तिम तयारी भइरहेको बताउँदै जग्गा बाँझो राखे सरकारले लिने जानकारी दिए । जग्गा बाँझो छाडेर विदेशिने प्रवृतिले खाद्यान्नमा चरम परनिर्भर बनाउँदैछ। मुलुकभित्र झन्डै एक खर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात हुन्छ। हुमागार्इँले खाद्यान्नको परनिर्भरता तोड्न समेत जग्गा बाँझो राख्नेलार्इ कारवाही प्रक्रिया अघि बढाउनु उपयुक्त हुने बताए।

३० असोज २०७३, ११।००

वि.सं.२०७३ असोज ३० आइतवार १२:१५ मा प्रकाशित

You can share this post!

विदेशबाट फर्केर सामूहिक माछापालन गर्दै टिमुरेका युवा    

विदेशबाट फर्केर सामूहिक माछापालन गर्दै टिमुरेका युवा   

वि.सं.२०८० मंसिर २५ सोमवार १२:४३

गलेश्वर (म्याग्दी), २५ मङ्सिर : वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि...

बेइजिङमा व्यापक हिमपात, सडक यातायात प्रभावित   

बेइजिङमा व्यापक हिमपात, सडक यातायात प्रभावित   

वि.सं.२०८० मंसिर २५ सोमवार १२:३२

बेइजिङ, २५ मङ्सिर : आइतबार साँझदेखि परेको हिमपातका कारण सोमबार...

हुलाकी सडकले फेरिँदै जनजीवन   

हुलाकी सडकले फेरिँदै जनजीवन   

वि.सं.२०८० मंसिर २५ सोमवार १२:२३

भेषराज बस्नेत राँझा (बाँके), २५ मङ्सिर : बाँकेको राप्ती सोनारी...

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८० मंसिर २५ सोमवार ११:३३

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको...

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८० मंसिर २५ सोमवार १०:५९

काठमाडौं । अकामा होटेल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ...

यसरी फेरियो पुम्दीकोटको परिचय   

यसरी फेरियो पुम्दीकोटको परिचय   

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४७

अन्नपूर्ण (कास्की), २५ मङ्सिर : पोखरा घुम्न आएका पर्यटक पोखरा...