back
NMB ad

कञ्चनपुरमा शुक्लाफाँटा प्रालिको बस तोडफोड भएपछि …

Kumari bank ad

कञ्चनपुर। हालै सञ्चालनमा आएको नमस्ते शुक्लाफाँटा प्रालिको एउटा बसमाथि यहाँस्थित महाकाली सेती यातायात समिति र पवनदूत समिति सम्बद्ध मजदुरले तोडफोड गरेका छन् ।

शुक्लाफाँटा प्रालिको ना ५ ख ४१५० नंको बसलाई मजदुरले आज दिउँसो पूर्व–पश्चिम राजमार्गको कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका–९ स्थित शिवशक्ति पेट्रोल पम्प नजिक रोकिराखेको अवस्थामा तोडफोड गरेका हुन् । तोडफोडबाट उक्त बसको अगाडि र छेउपट्टिका सिसा फुटेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

बसमाथि तोडफोड गरेपछि आक्रोसित शुक्लाफाँटा कम्पनी सम्बद्ध पक्षले पूर्व–पश्चिम राजमार्गमा बस तेस्र्याएर सडक अवरुद्ध पारेका छन् । राजमार्ग अवरुद्ध गर्ने पक्षले बस तोडफोड गर्नेलाई कारबाही गर्नुका साथै क्षतिपूर्ति पाउनुपर्ने माग गरेका छन् ।

राजमार्ग खुलाउन प्रहरीको टोली घटनास्थल पुगेको छ । महाकाली सेती यातायात समितिका अध्यक्ष नवीन भट्टले शुक्लाफाँटा प्रालिले पूर्व क्षेत्रमा सञ्चालनमा आएका पुराना बस ल्याएर सञ्चालन गरेकोप्रति असन्तुष्टि व्यक्त गर्दै उक्त प्रालि प्रालिको अवधारणाअनुसार नचलेकाले अन्य समितिले असहमति जनाएको बताए ।

केहीदिनअघि पनि समिति र प्रालिका बीच बस सञ्चालनमा आएपछि विवाद उत्पन्न भएको थियो ।

३० असोज २०७३

वि.सं.२०७३ असोज ३० आइतवार १८:४७ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...