
काठमाडौ । टुरिजम डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद सेयर निष्काशनको प्रक्रिया अघि बढाएको छ । बैंकले सेयर निष्काशन तथा विक्रि प्रबन्धकमा एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेडलाई बुधबार नियुक्त गरेको छ । सेयर निष्काशन गर्नेसम्बन्धि सम्झौतापत्रमा टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेडका तर्फबाट महाप्रबन्धक मेख बहादुर थापाले हस्ताक्षर गरेका छन् ।
हाल मातृभूमी बिकास बैंक लिमिटेड र कालिन्चोक डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ती गर्ने अन्तिम प्रक्रियामा रहेको बैंकले उक्त प्राप्तीपश्चात् कायम हुन आउने चुक्तापुँजीको शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो । यी दुई संस्थालाई प्राप्ती गर्ने सम्झौता गरेर बैंकले अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा आवेदन पेश गरिसकेको छ ।
हाल यस बैंकले देशभरिका आफ्ना १५ वटा शाखा तथा १२ वटा एटीएम मार्फत सेवा प्रदान गरिरहेको छ । उक्त दुई संस्थालाई प्राप्ती गरेपछि ७ वटा शाखाहरु थप हुनेछन् । यसबाहेक देशका विभिन्न स्थानहरुमा थप नयाँ ७ वटा शाखाहरु थपेर यस आर्थिक बर्षको अन्त्यसम्ममा शाखा संख्या २९ पुर्याउने लक्ष्य बैंकले लिएको छ ।
प्रकाशित मितिः २०७३ कार्तिक ३
वि.सं.२०७३ कात्तिक ३ बुधवार २०:३९ मा प्रकाशित