back

राष्ट्र बैंकको डाटा सार्वजनिक : देशको ब्यालेन्ससिट ऋणमा डुब्यो !

Kumari bank ad

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले मासिक रुपमा गणना गर्ने गरेको चालु आर्थिक बर्षको पछिल्लो अवस्था सार्वजनिक गर्दै शोधनान्तर घाटा तीन अर्ब ५० करोड रुपैयाँ भएको जनाएको छ ।

एक देशको अरु देशका बीचमा हुने वित्तीय लेनदेनको हिसावकितावलाई शोधनान्तर (ब्यालेन्स अफ पेमेन्ट, बिओपी) भनिन्छ । यसमा आयात निर्यातमा बस्तु तथा सेवा, वित्तीय पुँजी र वित्तीय अनुदान उपलब्ध हुनुका साथै रेमिटेन्स पनि गणना हुन्छ । यसलाई नेपाल राष्ट्र बैंकले मासिक रुपमा गणना गर्छ ।

आज रिपोर्ट सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्यापार घाटा बढेको, विदेशी लगानीको लाभांस भुक्तानी उल्लेख्य बृद्धि भएको तथा वैदेशिक अनुदानमा कमी आएका कारण देशको ब्यालेन्सिटलाई असर गरेको बताएको छ । देशभित्रिने रकमभन्दा वाहिरिने वढि हुँदा देशको व्यालेन्सिट घाटामा जान्छ । गत आर्थिक बर्षको दुई महिनामा साढे २७ प्रतिशतले बढेको रेमिटेन्स अहिले जम्मा ६.६ प्रतिशतले मात्र वढेको छ ।

दुई महिनाको अवधिमा नेपालबाट १३ अर्ब १८ करोड रुपैयाँको बस्तु तथा सेवा बिक्री भएको छ । तर नेपालले भने एक खर्ब ४९ अर्ब २ करोड रुपैयाँको किनेको छ । यसले गर्दा ब्यापार घाटा एक खर्ब ३५ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ ।

नेपालले भारतबाट मगाउने सामानको आयात ४९।८ प्रतिशत, चीनको २६।२ प्रतिशत र यी वाहेकका मुलुकबाट मगाउने सामानको आयात ३६।५ प्रतिशतले बढेको छ ।

५ कार्तिक २०७३, ३।१५

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार १५:५२ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

वि.सं.२०८० असोज १० बुधवार ११:३८

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै...

प्रधानमन्त्री दाहाल ल्हासामा   

प्रधानमन्त्री दाहाल ल्हासामा   

वि.सं.२०८० असोज १० बुधवार ११:३१

एकराज पाठक ल्हासा (चीन), १० असोज: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...

साफ च्याम्पियनसिप : नेपाल र भारतबीचमा खेल हुँदै   

साफ च्याम्पियनसिप : नेपाल र भारतबीचमा खेल हुँदै   

वि.सं.२०८० असोज १० बुधवार ११:०२

काठमाडौँ, १० असोज : यहाँ जारी यु–१९ साफ च्याम्पियनसिप फुटबल...

घान्द्रुकमा होटल व्यवसायको जग बसाउने ‘शङ्करमान’   

घान्द्रुकमा होटल व्यवसायको जग बसाउने ‘शङ्करमान’   

वि.सं.२०८० असोज १० बुधवार १०:५१

धनबहादुर गुरुङ अन्नपूर्ण (कास्की), १० असोज : विसं २०२० को...

सस्तियो सुनको भाउ, आज कति घट्यो ?

सस्तियो सुनको भाउ, आज कति घट्यो ?

वि.सं.२०८० असोज १० बुधवार १०:४४

काठमाडौं । आज असोज १० गते बुधबार सुनको भाउमा गिरावट...

मिटरमा सञ्चालन नहुने ट्याक्सीको जरिवाना बढ्यो   

मिटरमा सञ्चालन नहुने ट्याक्सीको जरिवाना बढ्यो   

वि.सं.२०८० असोज १० बुधवार १०:३७

गण्डकी, १० असोज : पोखरामा मिटर प्रणालीमा सञ्चालन नहुने ट्याक्सीको...