
डोल्पा । विभिन्न असुविधा देखाएर कार्यालयमा कर्मचारीको नियमित उपस्थिति नहुने कुरा डोल्पालीका लागि नौलो होइन । पछिल्लो समयमा त अझैं बढी जनसरोकार हुने विभिन्न कार्यालयका प्रमुख तथा कर्मचारीहरु कार्यालयमा बस्नै छाडेपछि सेवाग्राहीहरु मर्कामा परेका छन् ।
भौगोलिक विकटता, चाडपर्व, गोष्ठी, सेमिनार, भ्रमणलगायतका बाहानामा कर्मचारीहरु कार्यालयबाट बाहिरिने गरेपछि उनीहरुलाई कारबाहीको माग गर्दै नागरिक समाज डोल्पाले “हेलो सरकारमा” गुनासो टिपाएर सरकारको ध्यानाकर्षण गराएको छ ।
जिल्ला प्रशासन कार्यालयमा गएर विभिन्न कार्यालयका प्रमुख तथा कर्मचारीलाई नियमित गराउन पटक पटक मौखिक र लिखित आग्रह गर्दा पनि कुनै सुनुवाई नभएपछि बाध्य भएर हेलो सरकारलाई हेलो गरेको समाजका जिल्ला अध्यक्ष शेरबहादुर बूढाले बताए ।
हेलो सरकारमा गुणासो टिपाएको डोल्पामा योे पहिलो घटना हो ।
प्रकाशित मितिः २०७३ कार्तिक ५
वि.सं.२०७३ कात्तिक ५ शुक्रवार १७:१३ मा प्रकाशित