back
NMB ad

हाम्रा गाडी भारत जान नपाउने तर उताका सिधै काठमाडौ आउने ?

Kumari bank ad

यादवलाल श्रेष्ठ, संस्थापक अध्यक्ष, नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति

राज्यको नीति ढाला समायोजन गरेर मात्रै ट्रिपर दर्ता गर्नुपर्ने

यतिबेला मालबाहकको समस्याहरु धेरै छन् । ट्रिपरका कुरा गर्दा अहिले राज्यले ढाला समायोजन गरेर मात्रै गाडी दर्ता गर्नु, चलाउनु भनेको छ । नारायणी, बागमतीमा ढाला समायोजन नगरेसम्म यस्ता गाडी दर्ता भएको पाईएको छैन । तर अन्य ठाउँमा नयाँ आएका ट्रिपर, ट्रक कम्पनीले हाम्रा गाडीहरु ठूलो बनाए बेच्न सजिलो हुन्छ भनेर गाडीहरु ल्याउने र बेच्ने काम भईरहेको बुझिएको छ । त्यस्ता गाडी दर्ता भईरहेको छ । राज्यको नीतिअनुसार ढाला समायोजन गरेर मात्रै दर्ता गर्नुपर्छ ।

ढाला समायोजन गर्दा राज्य र व्यवसायी दुवैलाई फाईदा

यो समायोजन गर्नुपर्छ । बढि लोड बोक्दा भौतिक संरचनाहरु, बाटाघाटा बिग्रन्छन् । धेरै सामान बोक्दा न त व्यवसायीलाई फाईदा छ । न राज्यलाई फाईदा छ । यो गर्न हुँदैन भनेर भनिसकेको र गरिसकेको चिजलाई कुनै गाडी कम्पनीले मुद्धा हालेको स्थिति समेत छ । हामी भन्छौं ढाला समायोजन गर्दा राज्य र व्यवसायी दुवैलाई फाईदा छ ।

गाडी बेचेर मात्र सुख पाउँदैनन्, व्यवसाय सुरक्षित बनाउनु कम्पनीको दायित्व हो

गाडीका कम्पनीलाई मैले के सुझाव दिन्छु भने उहाँहरुले गाडी बेचेपछि जिम्मेवारीबाट पन्छिनुभयो । हामीले बैंकबाट ऋण लिन्छौं । दशौं÷बिसौं वर्ष चलाउने दायीत्व व्यवसायीको हो । व्यवसायीले के चाहन्छ भने समयमा मालसामान बोक्न सकियोस्, धेरै टुटफुट नआओस्, गाडीहरु धेरै नबिग्रिओस् भन्ने चाहन्छ । त्यसैले व्यवसाय सुरक्षित बनाउनु कम्पनीको पनि दायित्व हो । कम्पनीले गाडी बेचेरमात्र सुख पाउँदैन । व्यवसायीले ढाला समायोजन गरेको गाडी किन्छु भन्दा हैन ठूलो बनाएर ल्याउँछु भनेर कम्पनीले नभनिदिनुस् भन्ने सुझाव दिन चाहन्छु । त्यसले व्यवसायीलाई फाईदा हुन्छ । राज्यको बाटोघाटो,पुल जोगिन्छ । पोहोरको साल नारायणघाट भन्दा उता पुल नै भासियो के कारण भन्दा ओभरलोड भएरै त हो नि । त्यसैले बोक्नु हुँदैन, ट्रिपरका यस्ता समस्या छन् ।

गाडीको संख्या ह्वात्तै थपिंदा यातायात क्षेत्रमा समस्या निम्तने खतरा !

ट्रकको कुरा गर्दा करिब ५० लाखको सम्पति लिएको हुन्छ । १० चक्के, १२ चक्के यस्ता मोटरको दश टनको भाडा भनेको जम्मा १५०००/१६००० मात्र छ । एक टिपमा ५,००० बचाउन पनि गाह्रो छ । गाडीको संख्या बढेको बढ्यै छ । व्यवसायीले पनि ५/१० लाख रुपैंया हाल्यो गाडी किन्यो अनि संचालनमा ल्याउने गर्नुभएको छ । सन् २००९ मा यातायात क्षेत्रमा भेरै समस्या भएको थियो । संख्या बढेको हिसाबले अब पनि त्यस्तै होला कि जस्तो भईसकेको छ ।

गाडी किन्नुभन्दा अगाडि आफु सक्षम छु कि छैन बुझ्नुस्

व्यवसायी साथीहरुलाई के भन्छु भने गाडी किन्नुभन्दा अगाडि आफु सक्षम छु कि छैन भनेर पहिला बुझ्नुस् । यो गाडी किन्दा मैले यसको बैंकको किस्ता बुझाउन सक्छु कि सक्दिन भन्ने बुझेर मात्र किन्नुपर्यो । ५० लाखको सम्पतीलाई ५ लाख दिएर गाडी किन्नेहरु छन् । बाँकी ४५ लाख रुपैंया बैंकको किस्ता तिर्नुपर्छ । त्यो गाडीले त्यति रकम कमाउन सक्दैन । सामान्यत २०/२५ लाख ऋण भयो भने त्यो बैंकको किस्ता तिर्न सकिन्छ । त्यसलाई पुग्ने कमाउन सक्छ । त्यो किस्ता बुझाउँदा बुझाउँदै बाँकी रहेको गाडी आफुलाई फाईदा हुने हो ।

yadavlal shrestha 4

हाम्रा गाडी भारत जान नपाउने तर उताका सिधै काठमाडौ आउने ?

टायर घोटिएको छ, इन्जिन घोटिएको हेरेको छैन । पाटपूर्जामा त्यतिकै समस्या केहि पनि बुझेको छैन । यता सोचेअनुसार मालसामान बोक्न सकिन्न । प्रायः विरगंज, भैरहवा भन्सार भएर सामानहरु आउने हो । मालसामान भने छैन, गाडी भने आएको आयै नै छ । भारतबाट सिधै मालसामानहरु काठमाडौ आएर डेलिभरि भइरहेका छन् । हाम्रा गाडीहरु भने उता जान पाइरहेका छैनन् ।

मालबाहक र यात्रुबाहक दुवै क्षेत्र धरापमा पर्दै

यातायात क्षेत्रमा मालबाहक वा यात्रुबाहक सबैमा समस्या छ । अहिले दिल्ली, बनारससम्म यात्रुबाहकको सेवा सुरु भएको छ । भोलि यसले नेपालको यो व्यवसाय नै धरापमा पर्नसक्छ । किनभने नेपालमा ५० लाख तिर्ने गाडीलाई भारतमा २० लाख छ । उनीहरुसँग हामीले प्रतिष्पर्धा गर्न सक्दैनौं ।

व्यवस्थित गरेर जरिवाना कायम गर्नुपर्छ

यता जरिवानाको कुरा गर्दा मालबाहकमा धेरै मालसामान नपाउने समस्या छ । त्यस्तै सानो गल्ती गरेमा पनि १५०० जरिवाना तिर्नुपर्छ । ५,००० बच्न गाह्रो छ । २ ठाउँमा जरिवाना भयो भने ३००० गईहाल्यो । सवारीमा एउटा न एउटा टुटफुट त हुन्छ । त्यसैलाई खोट देखाएर १५०० सम्म जरिवाना लागिहाल्छ । यो राम्रो होईन । यातायात व्यवसायीले जरिवाना गर्नुहुन्न भनेको होईन र दुर्घटना बढाउनुपर्छ पनि भनेको होईन । दूर्घटना न्यूनिकरण हुनुपर्छ । व्यवस्थित गरेर जरिवाना कायम गर्नुपर्छ भनेको हो ।

गाडी दुर्घटना गराउने ड्राईभरलाई जरिवाना गर्नुपर्छ

मापसे सफल भयो । अब आफ्नो लाईनमा नबसेर ओभरटेक गर्ने अर्थात् लेन मिच्नेमाथिको कारबाही सफल हुँदैछ । जानाजानी मानिसलाई घाईते बनाउने, जानीजानी गाडी दुर्घटना गराउने ड्राईभरलाई पनि जरिवाना गर्नुपर्छ । आकस्मिक हुने चिजलाई जरिवाना बढि भयो भन्न खोजेको हो । यो कस्तो तरिका होला तपाई आफैं भन्नुस् न, हेल्मेट लगाएन भने ५ सय जरिवाना, त्यसको तुना लगाएन भने १५०० जरिवाना यो व्यवहारिक छ त ? मेरो भनाई ड्राईभरले गल्ती गर्छ भने उ सँग लिने हो साहूसँग असुल्ने होईन ।

yadavlal shrestha 5

जरिवानाले मात्र सबै समस्या नियन्त्रणमा…

जरिवाना कस्लाई गर्ने गल्ती गर्नेलाई हो नि । गल्ती गर्नेलाई कारबाही गर्नैपर्छ, जरिवाना हुनैपर्छ । तर अनावश्यक जरिवाना गरेर यो सडकका सबै समस्या नियन्त्रणमा आउँँदैन । व्यवस्थित गर्नुपर्यो । सडकमा रातो लाईट छैन । पार्किङ गर्ने स्थान छैन । बाटोको अवस्था त्यस्तै नाजुक छ ।

पैदल यात्रुले पनि जरिवाना तिर्नुपर्छ

पैदल यात्रुले गल्ती गर्छ भने पैदल यात्रुले पनि जरिवाना तिर्नुपर्छ । पैदल यात्रुले पनि जहाँ पायो त्यहिबाट सडक बाटोमा हिंड्नु भएन नि । यसका लागि जनचेतना बढाईनु आवश्यक छ ।

ठूलो सवारीको मात्रै संधै गल्ती हुँदैन

जतिखेर पनि ठूलो गाडीको गल्ती हुने व्यवस्था छ । अहिले पछिल्लो समयको दुर्घटनाको कारण खोतल्दा मोटरसाईकलको ओभरटेकबाट धेरै दुर्घटना भईरहेका छन् । त्यसो भएर जनचेतना बढाउनुपर्छ । बाटो घाटो संरचना बनाएर रोक्न नहुने ठाउँमा बोर्ड हुनुपर्यो । रातो बत्ती राख्नुपर्ने ठाउँमा त्यसलाई राख्नुपर्यो । यी सबै व्यवस्था भएपछि गल्तीअनुसार जरिवाना लिनुपर्यो । व्यवसायीले जरिवाना लिनै हुँदैन । हामीले जुन तरिकाले भन्यो त्यहि तरिकाले चलाउनुपर्छ भनेर कहिल्यै भनेका छैनौं ।

ट्राफिकले हातको इसाराले कता जा भनेको पत्तो हुँदैन

यहाँ तत्कालको तत्काल सम्पन्न बिदेश जस्तो हुनुपर्छ भनेको पनि होईन । एउटा रातो लाईट बल्यो भने रोक्नुपर्छ, हरियो बलेमा जान पाउँछ भन्ने सम्म त गर्न सकिन्छ नि । ट्राफिकको इसारामा हिंड्नुपर्छ । हातले यता, उता भनेको हुन्छ । कोहिबेला त हातको इसाराले कता जा भनेको पनि पत्तो हुँदैन । कतिपय अवस्थामा म आफैं परेको छु । ३÷४ जना ट्राफिक हुन्छन् । एउटाले आईजो भन्ने इसारा गर्छन् । अर्काेले उताबाट रोक भन्छ । विचरा ट्राफिकहरुले धुलो खाई खाई काम गरेका हुन्छन् । तर त्यहाँ लाईट हालिदियो भने उनीहरुलाई पनि सास्ती हुँदैन । सवारी हाँक्नेलाई पनि सास्ती हुँदैन ।

काठमाडौ उपत्यकाभर पार्किङ गर्ने ठाउँ नै छैन !

काठमाडौमा नागढुंगाबाट कुन ठाउँमा रोक्ने र पार्किङ गर्ने ? यत्रो उपत्यकामा नागढुंगाबाट गाडी छिरेपछि गाडी हिडाएको हिडायै गर्ने हो त ? उपत्यकाभर पार्किङ गर्ने, रोक्ने कँहि पनि ठाउँ नै छैन । हामीलाई पार्किङको व्यवस्था गरिदिनुस् त्यहि लगेर राख्छौं भनेर माग गरेका छौं । स्थान छुट्ट्याईदिनुस्, बरु हामी आफैं व्यवस्थित गर्छौं भनेका छौं तर त्यो व्यवस्था नै छैन ।

मजदुर र व्यवसायीमा दुईथरी सम्झौता हुनुपर्छ

मजदुर र व्यवसायीमा दुईथरी सम्झौता हुनुपर्छ । कतिपय अवस्थामा बाटोमा गाडीलाई अलपत्र बनाएर छोडिरहेको अवस्था छ । त्यसरी हिडिरहेको छ । त्यो गर्न हुँदैन । आफुले काम छोड्ने हो भने जानकारी गराएर छोड्नुपर्यो । अर्काे ड्राइभरलाई तुरुन्तै निकाल्न पनि हुँदैन । समय दिएर छोड्न लगाउनुपर्यो । यसमा व्यवसायी र मजदुरको समन्वय हुन जरुरी छ । लापरबाही गर्नेलाई निकाल्नुपर्यो । ताकि त्यसले भोलि अन्य ठाउँमा झन् ठूलो दुर्घटना ननिम्त्याओस् ।

ड्राईभरको डुब्लिकेट लाईसेन्सको खोजि…

अब संस्थागतरुपमा हामीले पहिले ड्राइभरको लाइसेन्स खिच्छौं । परिचयपत्र दिने व्यवस्था गर्छाैं । दुर्घटना गरेको छैन भने पुरस्कार दिनेछौं । यसले मजदुर र व्यवसायी दुवैलाई हित गर्ला भन्ने सोचिरहेका छौं । अहिले लाईसेन्स संकलन भईरहेको छ । लाईसेन्स डुब्लिकेट पर्नसक्छ भनेर खोज्ने काम पनि भईरहेको छ । यातायात व्यवस्था विभागमा गएर हामीकहाँ जम्मा भएको लाईसेन्स सक्कली हो कि नक्कली भनेर खोज्ने काम गछौं ।

४/५ महिनामा ट्रिपर तथा ट्रक व्यवसायी समितिले नमूना काम देखाउनेछ

त्यस्तै मजदुरलाई तालिम दिने कार्यक्रम पनि चलाईरहेका छौं । ४/५ महिनामा नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिले केहि न केहि नमूना काम गरेर देखाउनेछ । सबैलाई सन्देश जाने गरि काम हुनेछ ।

(अर्थतन्त्रका लागि रामेश्वर कार्की र हरिशरण न्यौपानेसँगको कुराकानीमा आधारित)

प्रकाशित मितिः २०७३ कार्तिक ५

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार १९:११ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...