back
NMB Ad

कतै तपाईको सेयर हकप्रदको हल्ला चलाएर चुप बस्ने यी कम्पनीहरुमा त फसेको छैन ?

काठमाण्डौं । नेपाल धितोपत्र बोर्डमा दुई बर्ष अगाडि आबेदन गरेका कम्पनीले हकप्रद जारी गर्ने स्वीकृति पाउनमा ढिलाई भएको छ । यसमा धितोपत्र बोर्डको कारण नभई सम्बन्धित कम्पनीहरुले नै बोर्डले सोधेको प्रश्नको जवाफ र आबश्यक कागजात नबुझाएर ढिलाई भएको खुलेको छ ।

धितोपत्र बोर्डमा हकप्रद जारी गर्ने अनुमति पाउन आबेदन गरेका १४ कम्पनी मध्ये ६ वटाले बोर्डले मागेको प्रश्नको जवाफ र कागज पत्र नै पेश नगरेको वेभसाईटमा देखाईएको छ ।

सबैभन्दा अगाडि २०७१ साल चैत्र २८ गते २५ प्रतिशत हकप्रदको स्वीकृति पाउन बोर्डमा पुगेको सेन्ट्रल फाईनान्सले ९ऋँऋी०२०७२ जेठ १७ गते बोर्डको प्रतिक्रिया प्राप्त गर्यो तर उसले अहिलेसम्म बोर्डलाई जवाफ र आबश्यक कागजात पठाएको देखिन्न । यसबारेमा फाईनान्सका कम्पनी सचिव अशोक पौडेल भन्छन्, पुरानो आबेदन हो । त्यतिखेर चुक्ता पूँजी १८ करोड थियो, अहिले २४ करोड पुगेको छ, हकप्रद ल्याउनुपर्छ तर कहिले र कसरी भन्ने कुरा टुंग्याउन बाँकी नै छ ।

त्यसपछि २०७२ बैसाख ३१ गते २५ प्रतिशत हकप्रदको लागि स्वीकृति पाउन आबेदन गरेको पोखराको कामना बिकास बैंकलाई बोर्डले सोही बर्षको जेठ २६ गते प्रतिक्रिया पठायो । बोर्डको वेभसाईटमा कामनाले अहिलेसम्म जवाफै नदिएको लेखिएको छ । तर कामनाका कम्पनी सचिव उमेशकुमार आचार्यले त्यो कास्की फाईनान्सलाई मर्ज गर्नुभन्दा अगाडिकै आबेदन भएको र आबेदन रद्ध गर्न बोर्डलाई पत्राचार गरिसकिएको जनाए ।

त्यसपछि आबेदन गरेका अपी पावर र ललितपुर फाईनान्सले जवाफ फकाईसके तर शत प्रतिशत हकप्रद जारी गर्न २०७३ असार २० गते अनुमति मागेको सप्तकोशी डेभ्लपमेन्ट बैंकलाई बोर्डले साउन १७ गते प्रतिक्रिया पठाएको तर जवाफ नआएको उल्लेख गरिएको छ । सप्तकोशीका सेयर बिभाग प्रमुख देबीराम भण्डारी सेयर रजिष्ट्रारमार्फत बोर्डलाई जवाफ गईसकेको बताउँछन् ।

नेको ईन्स्योरेन्सले शत प्रतिशत हकप्रद जारी गर्न साउन १२ मा दिएको आबेदनमा बोर्डले भाद्र ५ मा प्रतिक्रिया पठाएको तर जवाफ नआएको वेभसाईटमा उल्लेख छ । नेको ईन्स्योरेन्सका प्रमुख कार्यकारी विश्व तिमिला भन्छन्, ईक्रा रेटिड। नभएर ढिला भएको हो, हामीले ईक्रा नेपालमा रेटिड। गराईरहेका छौ, त्यो रेटिड। बोर्डमा पेश गरेपछि हामीले अनुमति पाउने अबस्था छ ।

कन्चन डेभ्लपमेन्ट बैंकले साउन २४ मा ५० प्रतिशत हकप्रदको स्वीकृति पाउन आबेदन गरेकोमा बोर्डले भदौ ५ र असोज ५ मा गरी दुईपटक कम्पनीलाई प्रतिक्रिया पठाएको छ तर जवाफ प्राप्त नभएको उल्लेख गरिएको छ । कन्चनका प्रमुख कार्यकारी बिरुराम जैसी भने बोर्डलाई आबश्यक कागजातसहित जवाफ दिईसकेकाले केही दिन भित्रैमा अनुमति प्राप्त हुने आशामा रहेको बताउँछन् ।

प्रक्रिया रोकिएका मध्ये सबैभन्दा पछि आबेदन गरेको कैलास बिकास बैंकले पनि २० प्रतिशत हकप्रदको स्वीकृतिको क्रममा साउन ३० गते पेश गरेको कागजातबारे बोर्डले भदौ २२ गते पठाएको प्रतिक्रियाको जवाफ दिएको छैन । कैलासका कम्पनी सचिव गंगाधर पराजुलीले कम्पनीको आन्तरिक कारणले नै जवाफ दिनमा ढिलाई भएको स्पष्ट पार्दै अब चाँडै नै बोर्डलाई जवाफ पठाईने बताए ।

हालसालै बोर्डमा हकप्रदका लागि आबेदन गर्ने सिद्धार्थ ईन्स्योरेन्स २५ प्रतिशत, सगरमाथा फाईनान्स ८० प्रतिशत, मन्जुश्री फाईनान्स १७५ प्रतिशत, नमस्ते बित्तीय संस्था शत प्रतिशत, देव बिकास बैंक ५० प्रतिशतलाई बोर्डले प्रतिक्रिया पठाएको छ भने ५० प्रतिशत हकप्रदको स्वीकृति माग्ने नेरुडे लघुवित्तसँग आबश्यक सबै कागजात मागेको छ ।

७ कार्तिक २०७३, मेरो लगानी, ११।००

वि.सं.२०७३ कात्तिक ७ आइतवार ११:१६ मा प्रकाशित

You can share this post!

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफल प्रस्ताव स्वीकृत   

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफल प्रस्ताव स्वीकृत   

वि.सं.२०८१ चैत ७ बिहीवार १७:५६

काठमाडौँ : ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक,...

भोली प्रदेशभर सार्वजनिक विदा

भोली प्रदेशभर सार्वजनिक विदा

वि.सं.२०८१ चैत ७ बिहीवार १७:५२

डोटी । सुदूरपश्चिम प्रदेशमा भोली चैत्र ८ गते सार्वजनिक विदा...

सुयोग श्रेष्ठ पुनः डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्ष निर्वाचित

सुयोग श्रेष्ठ पुनः डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्ष निर्वाचित

वि.सं.२०८१ चैत ७ बिहीवार १७:४६

काठमाडौं । विकास बैंकहरूको छाता संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल...

महिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्न

महिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०८१ चैत ७ बिहीवार १७:३१

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आज सातौं बार्षिक...

लोकतान्त्रिक गणतन्त्रका पक्षमा एमालेद्वारा जनसचेतना, जनप्रदर्शन र विशेष सभा घोषणा

लोकतान्त्रिक गणतन्त्रका पक्षमा एमालेद्वारा जनसचेतना, जनप्रदर्शन र विशेष सभा घोषणा

वि.सं.२०८१ चैत ७ बिहीवार १७:२७

काठमाडौं । नेकपा (एमाले) ले मुलुकमा भइरहेका प्रतिगामी गतिविधिहरूविरुद्ध जनसचेतना...

उद्योगमा १२ घण्टासम्म लोडसेडिङ्ग, नेपाल उद्योग परिसंघको आपत्ति

उद्योगमा १२ घण्टासम्म लोडसेडिङ्ग, नेपाल उद्योग परिसंघको आपत्ति

वि.सं.२०८१ चैत ७ बिहीवार १७:१८

काठमाडौं । नेपाल उद्योग परिसंघले उद्योग क्षेत्रमा भइरहेको लोडसेडिङ्गप्रति गम्भीर...